• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० आषाढ २२ गते शुक्रवार। श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० आषाढ २२ गते शुक्रवार तदनुसार ई. सं. २०२३ जुलाई ०७ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५१ बजे, चन्द्रास्त : बिहान ०८:४९ बजे र चन्द्रोदय : बेलुका ०९:३२ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२० बजे र सूर्यास्त : साँझ ०७:०८ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:३३ बजे र सूर्यास्त : साँझ ०७:२५ बजे, श्रावण कृष्णपक्ष (अनलागा) चतुर्थी/चौथी तिथि, बिहान ०८:०० बजेसम्म, त्यसपछि पञ्चमी तिथि, धनिष्ठा नक्षत्र, बिहान ०५:३१ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, भोलि बिहान ०३:५३ बजेसम्म, अन्तिममा पूर्वाभाद्रा नक्षत्र (नक्षत्र टुटेको दिन) चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले कार्य सम्पन्न हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

प्रीति योग, बिहान ०५:२७ बजेसम्म, त्यसपछि आयुष्मान् योग मध्यरात्रीपछि ०२:२५ बजेसम्म, अन्तिममा सौभाग्य योग (योग टुटेको दिन), सुरुमा बालब करण बिहान ०८:०० बजेसम्म, त्यसपछि कौलव करण साँझ ०६:४७ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : धाता, चन्द्रवणर् : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : नैऋत्य (बिहान ०८:०० बजेसम्म), त्यसपछि दक्षिण, वारशूल : पश्चिम, धनिष्ठा पञ्चक/सरुन परेको दिन, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य, आजको मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक)

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २३ गते : वितक कथा प्रारम्भ – कृष्ण प्रणामीहरूका निमित्त, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), २४ गते : रविसप्तमी, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), २५ गते : अष्टमीव्रत, गोरखकालीपूजा, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक)
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि होला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य बिस्तारै पुरा होला । आज मातापिता र वरिष्ठ व्यक्तित्वको आशीर्वाद मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । बोलीको भरमा कार्य सहजै सम्पादन हुनेछ । अर्थपूर्ण सुखद् यात्रा पनि हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । अधुरो काम बन्नेछ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लामो यात्रा सुखद् र सफल रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । शेयर बजारमा पनि उतारचढाव आउन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग पनि मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार पनि सुन्न पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) समय मध्यम खालको छ । आम्दानीको तुलनामा खर्च बढ्नेछ, तर घर परिवारका सदस्यहरूसँग सम्बन्ध सकारात्मक हुनेछन् । सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार