• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

आजको राशिफल : २०८० आषाढ २३ गते शनिवार। श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० आषाढ २३ गते शनिवार तदनुसार ई. सं. २०२३ जुलाई ०८ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५१ बजे, चन्द्रास्त : बिहान ०९:५० बजे र चन्द्रोदय : बेलुका १०:१६ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२१ बजे र सूर्यास्त : साँझ ०७:०८ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:३४ बजे र सूर्यास्त : साँझ ०७:२४ बजे, श्रावण कृष्णपक्ष (अनलागा) पञ्चमी तिथि, बिहान ०५:३१ बजेसम्म, त्यसपछि षष्ठी तिथि, भोलि बिहान ०३:१५ बजेसम्म, अन्तिममा सप्तमी तिथि (तिथि टुटेको दिन) , पूर्वाभाद्रा नक्षत्र, मध्यरात्रीपछि ०२:२२ बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा, बेलुका ०८:४४ बजेसम्म, त्यसपछि मीन राशिमा, सौभाग्य योग, मध्यरात्रीपूर्व ११:२९ बजेसम्म, त्यसपछि शोभन योग
सुरुमा तैतिल करण बिहान ०५:३१ बजेसम्म, त्यसपछि गर करण दिउँसो ०४:२३ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : कालदण्ड, चन्द्रवणर् : कालो (बेलुका ०८:४४ बजेसम्म)

आज : वितक कथा प्रारम्भ – कृष्ण प्रणामीहरूका निमित्त, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २४ गते : रविसप्तमी, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), २५ गते : अष्टमीव्रत, गोरखकालीपूजा, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक),.२६ गते : विश्व जनसङ्ख्या दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परिवारमा सुख सन्तोष छाउनेछ । सफल यात्राको योग छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग पनि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् र शुभकार्यको चर्चा चल्नेछ । सेयर बजारमा लागेकाहरूलाई समय निकै राम्रो रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सामाजिक क्षेत्रमा काम गर्नेहरूले मान सम्मान पाउनेछन् । टाढिएका आफन्तसँग पुन: सम्बन्ध गाँसिन सक्छ । रमाइलो यात्रा पनि हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय नै रहला । शेयर बजारबाट पनि सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज माइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा निराशा र शरीरमा आलस्य आउला । कार्य सम्पादनमा समस्या आउला । अनावश्यक ठाउँमा धन खर्च होला र साँझमा खर्च बढ्ने योग छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सरकारी निकायको भए रहनेछ । पढाइलेखाइमा समय दिन सकिँदैन । अनावश्यक यात्रा पनि हुनसक्छ, तर साँझमा कुनै कुराले मन खुसी हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सानातिना समस्यामा अल्झिनु पर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायमा पनि मन्दी छाउन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार