• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० आषाढ २४ गते आइतवार। श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० आषाढ २४ गते आइतवार तदनुसार ई. सं. २०२३ जुलाई ०९ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे, चन्द्रास्त : दिउँसो १०:५१ बजे र चन्द्रोदय : बेलुका १०:०० बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२१ बजे र सूर्यास्त : साँझ ०७:०८ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:३४ बजे र सूर्यास्त : साँझ ०७:२४ बजे, श्रावण कृष्णपक्ष (अनलागा) सप्तमी तिथि, मध्यरात्रीपछि ०१:१० बजेसम्म, त्यसपछि अष्टमी तिथि, उत्तराभाद्रा नक्षत्र, मध्यरात्रीपछि ०१:०४ बजेसम्म, त्यसपछि रेवती नक्षत्र, चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त), शोभन योग, बेलुका ०८:४४ बजेसम्म, त्यसपछि अतिगण्ड योग , सुरुमा विष्टि/भद्रा करण दिउँसो ०२:१२ बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपछि ०१:१० बजेसम्म।

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २५ गते : अष्टमीव्रत, गोरखकालीपूजा, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक)२६ गते : विश्व जनसङ्ख्या दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), २७ गते : कुनै चाडपर्व उत्सव र मुहुर्तादि छैन ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तसँग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विवेकले काम नगर्न सक्छ र खानपिनमा सचेत रहनु नै उचित हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन स्वास्थ्य प्रति सजग रहनु पर्छ, तर सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ शैक्षिक क्षेत्रमा समस्या आउला, तर वैदेशिक कार्य अघि बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ । धर्म, ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । स्वास्थ्य सबल नै रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । इस्टमित्रहरूसँग भेटघाट हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तले कुनै माध्यमबाट सहयोग गर्नेछन् । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कसैकसैका लागि सन्तान सुखको योग पनि छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक कार्य र सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० असार २४ गते आइतवार