• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० श्रावण ०१ गते सोमवार। श्री भाेलेनाथकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


श्रावण ०१ गते सोमवारको राशिफल शुद्धश्रावण कृष्ण (अनलागा) अमावस्या/औंसी, पुनर्वसु नक्षत्र, मिथुन राशिको चन्द्रमा, व्याघात योग, चतुष्पाद र नाग करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु आनन्दादि योग : धूम्र, चन्द्रवर्ण : पहेंलो (बेलुका १०:२३ बजेसम्म), त्यसपछि सेतो, चन्द्रदिशा : पश्चिम (बेलुका १०:२३ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : ईशान (बेलुका १०:४८ बजेसम्म)

त्यसपछि पूर्व, वारशूल : पूर्व, वाणपञ्चकमध्ये मृत्यु वाण : साँझ ०५:२६ बजेपछि, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२० बजे र सूर्यास्त : साँझ ०६:५९ बजे चन्द्रास्त : साँझ ०६:२२ बजे र चन्द्रोदय : अमावस्या भएकाले रातभरि चन्द्रोदय हुँदैन, आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– दर्शश्राद्ध, हलो तथा निशि बार्ने, सोमबारे औंशी, श्रावण सङ्क्रान्ति, वर्षा ऋतु प्रारम्भ, श्री सूर्य दक्षिणायन प्रारम्भ, कण्डारक पूजा, लुतो फाल्ने दिन, नयाँ आर्थिक वर्ष प्रारम्भ, गुरिया पर्व (थारु समुदाय), बैतडी विश्वनाथ मन्दिरमा साउने मेला सुरु आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०२ गते : अधिकमास अपूपदानारम्भ, मत्स्यनारायण मेला सुरु, कमैया मुक्ति दिवस, ०३ गते : चन्द्रोदय, इन्जिनियर दिवस, मुहूर्त : अन्नप्राशन (पास्नी) ०४ गते : कुनै चाडपर्व, उत्सव वा मुहुर्त छैन ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दिनको उत्तरार्ध सुखद् रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आँटेको र ताकेको कार्य पुरा होला । मनोरञ्जनको क्षेत्रमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइने र व्यापारमा पनि सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काममा अपेक्षाकृत सफलता हात पर्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । रोकिएको धन हात पर्नसक्छ र व्यापारमा पनि धनलाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज स्वादिष्ट भोजन पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने र कुटुम्बको सहयोग मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । नयाँ र मङ्गल कार्यको योग छ । चिन्ता छाडेर चिन्तन गर्दा राम्रो हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा छटपटी बढ्नाले मन कमजोर रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक कारोबारमा विवाद आउनेछ । स्वास्थ्यमा समस्या र चोटपटकको भय छ सचेत रहनुहोला, तर आस्था र मायाँ बडेर जानेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ । सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जनजीवनमा अप्ठ्यारो पनि पार्न सक्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० साउन १ गते सोमवार