• २०८१ भाद्र ३१ गते सोमवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० साल श्रावण ०४ गते बिहीवार। श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० श्रावण ०४ गते बिहीवार तदनुसार ई. सं. २०२३ जुलाई २० तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०६:४८ बजे, चन्द्रोदय : बिहान ०७:१६ बजे र चन्द्रास्त : बेलुका ०८:०८ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२१ बजे र सूर्यास्त : साँझ ०६:५८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०७:०५ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:३९ बजे र सूर्यास्त : साँझ ०७:२१ बजे, श्रावण शुक्लपक्ष (अनलाथ्व) तृतीया तिथि, भोलि बिहान ०४:२७ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, अश्लेषा नक्षत्र, बिहान ०९:५४ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, बिहान ०९:५४ बजेसम्म, त्यसपछि सिंह राशिमा, सिद्धि योग, दिउँसो ११:२१ बजेसम्म, त्यसपछि व्यतिपात योग , सुरुमा तैतिल करण दिउँसो ०३:२६ बजेसम्म, त्यसपछि गर करण भोलि बिहान ०४:२७ बजेसम्म,आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- ०५ गते : कुनै चाडपर्व, उत्सव वा मुहुर्त छैन । ०६ गते : वी. पी. स्मृति दिवस, ०७ गते : कमरेड पुष्पलाल स्मृति दिवस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सम्पत्ति हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कहीँकतैबाट कुनै उपहार प्राप्त होला । नयाँ कार्यको सुरुवात पनि गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मानसिक चिन्ता बढ्नेछ । दाम्पत्य जीवनमा मतभेद भएपनि माया एवं समझदारीको भने कायम रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वा नजिकैको मित्रबाट साथ र सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केही धन खर्च बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आकस्मिक धन लाभ हुने र मनमा शान्ति छाउनेछ । मनोरञ्जनमा सहभागिता भइएला । पुराना र नयाँ कार्यको प्रारम्भ गर्न सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । प्यारो साथी सँग भेट होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) इष्टमित्र एवं साथीभाइहरूसँग भेटघाट हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आस्थामा पनि वृद्धि होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ र शुभ समाचार सुन्न पाइएला । प्यारो साथी सँग भेट हुनेछ । नयाँ कार्यको थालनी होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार