• २०८१ भाद्र ३१ गते सोमवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० श्रावण ०६ गते शनिवार। श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० श्रावण ०६ गते शनिवार तदनुसार ई. सं. २०२३ जुलाई २२ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०६:४८ बजे, चन्द्रोदय : बिहान ०८:५७ बजे र चन्द्रास्त : बेलुका ०९:२५ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२२ बजे र सूर्यास्त : साँझ ०६:५७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२७ बजे र सूर्यास्त : साँझ ०७:०४ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:४० बजे र सूर्यास्त : साँझ ०७:२० बजे, श्रावण शुक्लपक्ष (अनलाथ्व) चतुर्थी/चौथी तिथि, बिहान ०६:२७ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, पूर्वाफाल्गुनी नक्षत्र, दिउँसो ०३:०१ बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा, बेलुका ०९:३५ बजेसम्म, त्यसपछि कन्या राशिमा, वरीयान् योग, दिउँसो १२:३७ बजेसम्म, त्यसपछि परिघ योग. सुरुमा विष्टि/भद्रा करण बिहान ०६:२७ बजेसम्म, त्यसपछि बब करण साँझ ०७:१५ बजेसम्म, अन्तिममा बालब करण, (भद्राको वास : पृथ्वीतल/भूमिलोक), आनन्दादि योग : लुम्बक, चन्द्रवणर् : रातो (बेलुका ०९:३५ बजेसम्म),

त्यसपछि कालो, चन्द्रदिशा : पूर्व (बेलुका ०९:३५ बजेसम्म), त्यसपछि दक्षिण, योगिनीदिशा : नैऋत्य (बिहान ०६:२७ बजेसम्म), त्यसपछि दक्षिण, वारशूल : पूर्व, वाणपञ्चकमध्ये चोर वाण : मध्यरात्रीपूर्व ११:५१ बजेपछि, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, आज : वी. पी. स्मृति दिवस,आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- ०७ गते : कमरेड पुष्पलाल स्मृति दिवस, ०८ गते : मुहूर्त : अन्नप्रासन (पास्नी), ०९ गते : द्विपुष्कर योग दिउँसो १०:०७ बजेसम्म

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ शिक्षा र ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर काम क्रोध पनि बढ्नसक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कुनै कुराले मनमा शान्ति छाउनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा बढी धनार्जन हुनेछ । लाभदायक यात्रा पनि रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दैनिक कार्यमा प्रगति हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झनुपर्नेछ । सेयरको बजारको कारोबारमा फाइदा पनि नोक्सानी हुनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ, तर घर जग्गाको कारोबारमा नोक्सानी हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ, तर साँझमा मन प्रसन्न रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज प्रणयसम्बन्धमा सफलता पाउने समय रहेको छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सेयरको कारोबारमा फाइदा पनि हुनसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लाभहानी, सुखदुःख, बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा पनि सफलता पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार