• २०८१ भाद्र ३१ गते सोमवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० श्रावण ०९ गते मङ्गलवार। श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० श्रावण ०९ गते मङ्गलवार तदनुसार ई. सं. २०२३ जुलाई २५ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त : साँझ ०६:४६ बजे, चन्द्रोदय : दिउँसो ११:३२ बजे र चन्द्रास्त : मध्यरात्रीपूर्व ११:२६ बजे, काठमाण्डौ,

नेपालमा सूर्योदय : बिहान ०५:२३ बजे र सूर्यास्त : साँझ ०६:५६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२८ बजे र सूर्यास्त : साँझ ०७:०३ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:४१ बजे र सूर्यास्त : साँझ ०७:१९ बजे, श्रावण शुक्लपक्ष (अनलाथ्व) सप्तमी तिथि, बिहान १०:०९ बजेसम्म, त्यसपछि अष्टमी तिथि, चित्रा नक्षत्र, बेलुका ०८:१४ बजेसम्म, त्यसपछि स्वाती नक्षत्र, चन्द्रमा कन्या राशिमा, बिहान ०७:४२ बजेसम्म, त्यसपछि तुला राशिमा, सिद्धि योग, दिउँसो १२:३५ बजेसम्म, त्यसपछि साध्य योग , सुरुमा वणिज करण बिहान १०:०९ बजेसम्म, त्यसपछि विष्टि/भद्रा करण बेलुका १०:२० बजेसम्म, अन्तिममा बब करण,

(भद्राको वास : पाताललोक), आनन्दादि योग : ध्वाङ्क्ष, चन्द्रवणर् : कालो (बिहान ०७:४२ बजेसम्म), त्यसपछि सेतो, चन्द्रदिशा : दक्षिण (बिहान ०७:४२ बजेसम्म), त्यसपछि पश्चिम, योगिनीदिशा : वायव्य (बिहान १०:०९ बजेसम्म), त्यसपछि ईशान, वारशूल : उत्तर, वाणपञ्चकमध्ये रोग वाण : सूर्योदयपूर्व ०२:२२ बजेदेखि भोलि बिहान ०३:३६ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, आज : द्विपुष्कर योग दिउँसो १०:०७ बजेसम्म।

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- १० गते : बुधाष्टमीव्रत, गोरखकालीपूजा, साहित्यकार कृष्णलाल स्मृति दिवस (मकै पर्व), मुहूर्त : अन्नप्रासन (पास्नी), ११ गते : कुनै पनि विशिष्ट चाडपर्व, उत्सव वा मुहूर्तादि छैन । १२ गते : विश्व हेपाटाइटिस दिवस, मुहूर्त : अन्नप्राशन (पास्नी)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नाताकुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ । कसै सैलाई परदेशी घर फर्कने र रमाइलो वातावरण छाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको समय त्यति राम्रो देखिँदैन । लेनदेनको कार्यमा विशेष ख्याल गर्नुहोला, तर साँझमा भने सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयबाट रोकिएको काम पुन: प्रारम्भ हुनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ । धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) यात्रा गर्ने अवसर जुट्न सक्छ । वाणीमा कुशलता आउने योग परेको दिन छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज औपचारिकतामा बढी व्यस्त रहन पर्नसक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता भने बढ्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कर्तव्य बोध हुने र आस्था बढ्नेछ । परोपकार आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । व्यापारमा विशेष सफलता हात लाग्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफन्त तथा मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पनि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मन हर्ष र प्रसन्नताका साथ समय व्यतीत हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार