• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

मन्त्रीको शपथ ग्रहण गर्न गएका सांसदलाई नागरिक उन्मुक्तिले फिर्ता बोलायो


धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले मन्त्रीको शपथ ग्रहणको लागि तयारी अवस्थामा पुगेका आफ्ना प्रदेश सभा सदस्यलाई एकाएक फिर्ता बोलाएको छ ।भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको शपथको लागि पुगेका रामेश्वर चौधरी र राज्यमन्त्रीको शपथको लागि पुगेका कैलाश चौधरीलाई फिर्ता बोलाएको हो ।

शपथ ग्रहणको लागि संसदीय दलका नेता घनश्याम चौधरीसहितका नेताहरु दिउँसो नै टीकापुरबाट धनगढी पुगेका थिए । तर पार्टी भित्रको विवादपछि हाललाई शपथ ग्रहणको लागि रोकिएको हो ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मंगलबार मुख्यमन्त्री कमल बहादुर शाहलाई पत्रचार गर्दै पार्टीको केन्द्रको निर्णय र सहमति अनुसार प्रदेश सरकारमा मन्त्रालयको भागवण्डा नमिलेकाले सहभागी नहुने जानकारी गराएकी छिन् ।

नाउपाको सो पत्रपछि सुदूरपश्चिम मन्त्री परिषद् विस्तारको कार्य पुनः अन्योल सिर्जना भएको छ ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार