• २०८१ भाद्र ३१ गते सोमवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० साल श्रावण ११ गते बिहीवार । श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० श्रावण ११ गते बिहीवार तदनुसार ई. सं. २०२३ जुलाई २७ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१८ बजे र सूर्यास्त : साँझ ०६:४५ बजे, चन्द्रोदय : दिउँसो ०१:१९ बजे र चन्द्रास्त : मध्यरात्रीपछि १२:५२ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२४ बजे र सूर्यास्त : साँझ ०६:५५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२९ बजे र सूर्यास्त : साँझ ०७:०२ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:४२ बजे र सूर्यास्त : साँझ ०७:१८ बजे, श्रावण शुक्लपक्ष (अनलाथ्व) नवमी तिथि, बिहान १०:१७ बजेसम्म, त्यसपछि दशमी तिथि, विशाखा नक्षत्र, बेलुका ०९:२० बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा तुला राशिमा, दिउँसो ०३:१९ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा, शुभ योग, दिउँसो १०:४१ बजेसम्म, त्यसपछि शुक्ल योग , सुरुमा कौलव करण बिहान १०:१७ बजेसम्म, त्यसपछि तैतिल करण बेलुका ०९:५७ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : प्रवर्द्ध, चन्द्रवणर् : सेतो (दिउँसो ०३:१९ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : पश्चिम (दिउँसो ०३:१९ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : पूर्व (बिहान १०:१७ बजेसम्म), त्यसपछि उत्तर, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये मृत्यु वाण : बिहान ०४:५२ बजेदेखि भोलि बिहान ०६:०६ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, आज कुनै पनि विशिष्ट चाडपर्व, उत्सव वा मुहूर्तादि छैन ।आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- १२ गते : विश्व हेपाटाइटिस दिवस, मुहूर्त : अन्नप्राशन (पास्नी), १३ गते : पद्मिनी एकादशीव्रत, १४ गते : रविप्रदोषव्रत

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल पनि उच्च रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धर्मकर्ममा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्न पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । सफल यात्रा पनि हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र रमाइलो यात्राको योग रहेको छ । धर्मकर्ममा मन पनि लाग्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्राविधिक कामबाट भने सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमिबाट लाभ पनि रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा पनि सावधानी अपनाउनु पर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउने देखिन्छ । शिक्षामा सफलता पनि पाइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज यात्रा गर्दा सचेत हुनुपर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका पाइएला, तर आर्थिक लाभ मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार