• २०८१ भाद्र ३१ गते सोमवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० श्रावण १४ गते आइतवार। श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० श्रावण १४ गते आइतवार तदनुसार ई. सं. २०२३ जुलाई ३० तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२० बजे र सूर्यास्त : साँझ ०६:४४ बजे, चन्द्रोदय : दिउँसो ०४:०८ बजे र चन्द्रास्त : भोलि बिहान ०३:१० बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०६:५३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३१ बजे र सूर्यास्त : साँझ ०७:०० बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:४४ बजे र सूर्यास्त : साँझ ०७:१६ बजे, श्रावण शुक्लपक्ष (अनलाथ्व) द्वादशी तिथि, बिहान ०७:०१ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, भोलि बिहान ०५:०३ बजेसम्म, अन्तिममा चतुर्दशी तिथि (तिथि टुटेको दिन) , मूल नक्षत्र, बेलुका ०७:४० बजेसम्म, त्यसपछि पूर्वाषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा (अहोरात्र व्याप्त), वैधृति योग, मध्यरात्रीपछि ०२:२७ बजेसम्म, त्यसपछि विष्कुम्भ योग , सुरुमा बालब करण बिहान ०७:०१ बजेसम्म, त्यसपछि कौलव करण साँझ ०६:०२ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : सिद्धि, चन्द्रवणर् : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : नैऋत्य (बिहान ०७:०१ बजेसम्म), त्यसपछि दक्षिण, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये नृप (राज) वाण : बिहान ०८:३३ बजेपछि, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण, आज : रविप्रदोषव्रत

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । लगानी गर्ने समय पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शुभ समाचार सुन्न पाइनेछ । मनोरञ्जनको क्षेत्रमा सहभागी भइनेछ । पराक्रम बढ्नुका साथै कार्यमा प्रगति पनि हुने देखिन्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन पनि लाग्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । । वैदेशिक व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ । कुनै कुराले अनुहारमा कान्ति पनि छाउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । नियमित खर्चसमेत बढ्ने योग रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमणीय र टाढाको यात्रा फलदायी हुँदैन । आकस्मिक धन लाभ हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ, तर आफन्तको सहयोग र धन हात पार्न पनि सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अतिथिका रूपमा सम्मान पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज स्वास्थ्यमा समस्या आउनसक्छ, स्वास्थ्य प्रति सचेत रहनु पर्छ, तर तीर्थाटनको योग छ । साँझमा शुभ र नयाँ समाचार पनि पाइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार