• २०८१ भाद्र २३ गते आइतवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० श्रावण १९ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० श्रावण १९ गते शुक्रवार तदनुसार ई. सं. २०२३ अगस्ट ०४ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२२ बजे र सूर्यास्त : साँझ ०६:४१ बजे, चन्द्रास्त : बिहान ०७:३९ बजे र चन्द्रोदय : बेलुका ०८:३० बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२८ बजे र सूर्यास्त : साँझ ०६:५० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३३ बजे र सूर्यास्त : साँझ ०६:५७ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:४६ बजे र सूर्यास्त : साँझ ०७:१३ बजे, श्रावण कृष्णपक्ष (अनलागा) तृतीया तिथि, साँझ ०५:१६ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, शतभिषा नक्षत्र, दिउँसो १२:०२ बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा, मध्यरात्रीपछि ०४:५१ बजेसम्म, त्यसपछि मीन राशिमा, शोभन योग, दिउँसो ११:४० बजेसम्म, त्यसपछि अतिगण्ड योग , सुरुमा वणिज करण बिहान ०६:२७ बजेसम्म, त्यसपछि विष्टि/भद्रा करण साँझ ०५:१६ बजेसम्म, अन्तिममा बब करण, (भद्राको वास : पृथ्वीतल/भूमिलोक), आनन्दादि योग : सौम्य, चन्द्रवणर् : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : आग्नेय (साँझ ०५:१६ बजेसम्म), त्यसपछि नैऋत्य, वारशूल : पश्चिम, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये रोग वाण : दिउँसो ०२:३१ बजेसम्म, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य, आजको कुनै चाडपर्व, मुहूर्त र उत्सवादि परेको देखिंदैन ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएका काम पुनः सुरु हुन सक्छन् । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । आकस्मिक धन लाभ हुनेछ । तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । केही नयाँ कुरा खरीद गर्न पनि सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक क्षेत्रको काम, व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक नै रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्नसक्छ । ठूलाबडाको आशीर्वादले भने काम बन्नसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आजको दिन मन प्रसन्न रहने र महत्त्वाकाङ्क्षा बढ्नेछ । समाज सेवा, परोपकार र धर्मप्रति आस्था बढ्नेछ । नयाँ कार्यको थालनी समेत हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन र बजार घुम्ने अवसर भने मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । आर्थिक कारोबारमा सफलता पाइएला । केही नयाँ कुरा खरिदमा भने खर्च बढ्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला, वैदेशिक काम भने ठीक छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रवार