• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

ललिता निवास प्रकरण : माधव नेपाल युरोप भ्रमण छोट्टाएर सोमबार स्वदेश फर्कने, पक्राउ पार्लान त नेपाल ?


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल युरोपका विभिन्न देशको भ्रमण छोट्टाएर भोलि (सोमबार) बिहान नेपाल फर्कने भएका छन् ।
मुलुकको बदलिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल साउन २९ गते सोमबार नेपाल फर्कन लागेको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

अध्यक्ष नेपाल युरोपका विभिन्न देशहरू स्वीजरल्याण्ड, स्पेन क्रोएसिया र बेलायतको भ्रमणका लागि गत साउन २२ गते त्यसतर्फ गएका थिए । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर नेता नेपाल साउन १ गते स्वदेश फर्कने कार्यतालिका रहेको थियो । तर, ललिता निवास, सुन प्रकरण लगायतका घटनाक्रमहरु विकसित भएकाले अध्यक्ष नेपाललाई पार्टी नेताहरूले नै भ्रमण छोट्टाएर फर्कन सुझाव दिएका थिए ।

अध्यक्ष नेपाल युरोप भ्रमणमा निस्कने अघिल्लो दिन मात्रै ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको थियो ।‘अनेक टिका टिप्पणीहरू समेत हुन थाले । त्यसैले मैले नै अध्यक्षलाई भ्रमण छोट्याएर फर्कन सुझाव दिएँ,’, उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘रास्वपाका सभापति रवि लामिछानेले समेत ‘माधव नेपाल भाग्यो’, भन्ने ढंगले अभिव्यक्ति दिन भ्याइसके ।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार