• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

इटहरीको मुक्तीघाटमा शव जलाउने दाउराको चरम अभाव: शव जलाउने मूल्यमा खेल

पुर्बेली न्युज

इटहरी । अन्तिम दाह-संस्कारकालागि राखिएको शव जलाउने दाउरा माथि पनि कमिसनको खेल हुन्छ भन्दा विश्वास नलाग्न सक्ला तर इटहरी स्थित गङ्गा जमुना मुक्तीघाटमा अहिले यस्तै भइरहेको छ । मुक्तीघाटमा शव व्यवस्थापन गर्ने मजदुर र घाट समिति बिच विवाद चर्किदा अहिले अन्तिम संस्कारका लागी दाउराको चरम अभाव भएको हो । दशैको बेला घाटमा दाउरा अभाव चर्किएको छ भने शव व्यवस्थापन तथा अन्तिम संस्कारका कार्यहरू समेत प्रभावित बनेका छन् ।

आर्थिक मन्दीका बिच दाउरा राख्ने कटेजकाे भाडा घटाउन , शव जलाउने तथा घाट मिलाउने दर रेटमा सहमति नजुटेकाे र मजदुरले राखेको माग समितिले नमानेपछि विवाद चर्किएको हो । दाउरा राखेको कटेजकाे भाडा मात्रै समितिले मासिक एक लाख रूपैया लिँदै आइरहेको छ भने घाटमा दाउरा मिलाएको तथा शव जलाएको प्रति शव एक हजार रूपैयाका दरले लिँदै गरेकोमा पाँच यस रूपैया समितिलाई बुझाउनु पर्ने भएकोले थप विवाद चर्किएको हो ।

दाउरामा भने समयमै भुक्तानी दिन नसकेपछि ल्याउन नसकिएको र एक महिना अघि नै समितिलाई यस बारे जानकारी गराइसके पनि कुनै चित्त बुज्दाे जवाफ नआएको घाट शव व्यवस्थापनमा जुटेका एक मजदुर सुनाउँछन् । लक डाउन यता ४ वर्ष देखि मासिक एक लाखका दरले समितिलाई भाडा बुझाउँदै आइरहेकोमा आर्थिक मन्दीका कारण आफूहरू समस्यामा परेको र भाडा घटाए मात्र दाउरा व्यवस्थापन गर्न सक्ने समस्या राखे पनि समितिले उल्टै ठाउँ खाली गर्न दबाब दिएको पीडित दाउरा व्यवसायी तथा मजदुर बताउँछन् ।

दाउरा अभाव बारे समितिलाई जानकारी गराइसकेको तर अहिले सम्म कुनै जवाफ नदिएको बताए । भाडा घटाउन आग्रह गरेको मजदुरलाई समितिले तत्काल ठाउँ खाली गर्न दबाब दिइरहेको छ भने दाउरा पनि आफैले झारेर घाट व्यवस्थापन गर्ने भनेको अहिले सम्म दाउरा झार्न सकेको छैन यता समस्याकै बेला बृहत्तर मुक्ति धाम क्षेत्र विकास समितिका अध्यक्ष हेम घिमिरे भने मोबाइल अफ गरेर एक साता देखि सम्पर्क विहीन बनेका छन् ।

समितिका अध्यक्ष नै सम्पर्क विहीन बनेपछि मुक्ति घाट व्यवस्थापन अहिले अलपत्र परेको छ । नगरवासीलाई शव व्यवस्थापनमा कुनै झन्झट नहाेस भनेर समितिले दाउरा व्यवस्था गरी शव व्यवस्थापनको जिम्मा लिने गरेको थियो तर अहिले घाटमा न दाउरा छ न शव व्यवस्थापन गर्ने मान्छे नै । दाउरा सकिएको हो भने समितिले सूचना जारी गर्नुपर्ने तर त्यो पनि नभएपछि शव लिएर घाट पुगेका मलामीहरू घण्टाै दाउरा खोज्न अन्तै भाैतारिनु पर्ने अवस्था आएको छ । शव लिएर आउनेहरूले नै दाउरा व्यवस्था गर्नुपरेपछि मलामीहरू पनि थप समस्यामापर्न थालेका छन् ।

एक मलामीका अनुसार घाट व्यवस्थापन देखेर आफै अचम्ममा परेको बत्ताउँछन् । शव लिएर घाटमा पुगेका मलामीलाई दाउरा आफै व्यवस्था गर्नुस् भनेपछि अझै अर्को समस्या थपिएको उनी बताउँछन् । उनले दाउरा खोज्न मात्रै अढाई घण्टा लागेको सुनाए । दसैँको बेला काठ मिल समेत बन्द भएको यस्तो बेला कमसेकम समितिले पूर्व तयारी गर्नु पर्थ्यो यो त अति गैह्जिम्मेवारी देखियो । घाटमा समितिको कार्यालय भएता पनि यो समस्याबारे प्रश्न गर्दा एकले अर्कोलाई दोष देखाइ पन्छिने गरेकाे मलामीहरू बताउँछन् ।

समितिले मुक्ति घाटलाई थप आकर्षक र व्यवस्थित बनाउनकै लागि वार्षिक लाखाै बजेट छुटाउने गरे पनि व्यवस्थापन पक्ष कमजोर बनिदिँदा नेतृत्वको जिम्मा लिएका हेम घिमिरे माथि नै प्रश्न उठेको छ । उनले घाट व्यवस्थापन र मुक्ति धामलाई पर्यटकीय क्षेत्र बनाउन रकम नै स.कलन गर्ने गरेका छन् । सङ्कलन भएका रकम के के मा खर्च भए त्यसको विवरण अहिले सम्म सार्वजनिक गर्न नसकेपछि बृहत्तर मुक्ति धाम क्षेत्र विकास समितिका अध्यक्ष हेम घिमिरेको नेतृत्वमाथि प्रश्न उठेकाे हो । यता घाटको समस्या बारे इटहरीमा स्थानीय सरकार प्रमुख हेमकर्ण पौडेल सँग सम्पर्क गर्दा उनले स्पष्ट कुरा बुझेर तत्काल एक्सन लिने बताए । मेयर पौडेलले घाट व्यवस्थापनमा समितिले चासो राख्नुपर्ने कमी कमजोरी र केही विवाद भए बसेर छलफल गर्न सुझाव दिएका छन् । पुर्बेली न्युज बाट।

प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार