• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

दोस्रो इटहरी परम्परागत खाना महोत्सव २०८० भोलिदेखि : स्वपन, सविन, जोनसँगै एलिमेन्टस् ब्याण्डलको प्रस्तुति


सुनसरी । लोपोन्मुख रैथाने खानाहरुको संरक्षणसँगै प्रवद्र्धनका लागि दोस्रो इटहरी परम्परागत खाना महोत्सव २०८० भोलि मङ्गलबारदेखि इटहरीमा हुनेभएको छ । सोमबार जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीले पत्रकार सम्मेलनको आयोजना गर्दै इटहरी उपमहानगरको संरक्षकत्वमा फाल्गुण १ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने महोत्सवबारे जानकारी दिएको हो ।

प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातिको खानालाई प्राथमिकतामा राखेर खाना संस्कृतिको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले फुड फेष्टिबलको आयोजना गरिएको संघले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आर्थिक गतिविधिलाई चलायमान पार्नका लागि पनि महोत्सव आयोजना गरिएको कार्यक्रमका संयोजक उमानाथ दाहालले जानकारी दिए । खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा पर्यटकले खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने दाहालले बताए ।

त्यस्तै संघका अध्यक्ष तेज बहादुर पुरीले विभिन्न उच्च शिक्षालयमा अध्ययनरत विद्यार्थीलाई पनि खाना बनाउने तरिका महोत्सवमा सिकाइने बताए । अध्यक्ष पुरीले फुड फेष्टिबलमा इटहरीको १०वटा लेटेष्ट डेस्टिनेशनबारे जानकारी छापिएको पुस्तिाका पनि विमोजन गर्ने जानकारी दिए ।

पर्यटन तथा वन मन्त्रालय कोशि प्रदेशको सहयोगमा आयोजित खाना महोत्सवमा स्वपन सुमन, सविन राई, जोन चाम्लिङ, आयूसा श्रेष्ठ, टिका प्रसाईँ, निरज मल्ल ठकुरी, एलिमेन्टस् ब्याण्डलगायत राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने संघले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २९ गते सोमवार