• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

सुनको भाउ १२ सय रुपैयाँ घट्यो


सुनसरी । बुधबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तीनसय रुपैयाँ मात्रै घटेको सुनको मूल्य आज
भने १२ सय रुपैयाँ घटेको छ ।

सोमबार तोलामा १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ३ सय घटेर १ लाख १७ हजार ७ सय रुपैयाँमा झरेको थियो । आज फेरि १२ सय रुपैयाँ घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज तोलाको ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १३९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १३६५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार