• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

इजरायलको सफेदमा रकेट आक्रमण : एकको मृत्यु, सात जना घाइते


काठमाडौँ । लेबनानबाट इजरायलको उत्तरी शहर सफेदमा भएको रकेट आक्रमणमा एक जनाको मृत्यु भएको छ । एक महिलाको शव फेला परेको हो ।

अन्य सात जना घाइते भएको इजरायलको आपतकालीन सेवाले जनाएको छ । म्यागेन डेभिड एडोम आपतकालीन सेवाका महानिर्देशक एली बिनले अन्य सात जनालाई सामान्य चोटपटक लागेको थियो ।

इजरायल डिफेन्स फोर्सले लेबनानका विद्रोहीहरूले उत्तरी इजरायलको माथिल्लो ग्यालिलीमा कम्तीमा पाँचवटा रकेट प्रहार गरेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार