• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

माओवादी केन्द्रको विधान अधिवेशन स्थगित


काठमाडौँ । नेकपा माओवादी केन्द्रको विधान अधिवेशन दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा जारी विधान अधिवेशनमा २० वटै समूहका तर्फबाट सुझाव पेश भएसँगै बैठक केही समयका लागि स्थगित भएको हो । बैठक स्थगित गरेर शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

२० वटै समूहबाट आएका सुझावलाई कसरी समेट्ने भन्नेबारे पदाधिकारी तहमा छलफल गर्न लागिएको एक नेताले जानकारी दिए । माओवादी केन्द्रको विधान अधिवेशन आज सकिदैँछ ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार