• २०८१ बैशाख २७ गते बिहिवार
  • Preeti To Unicode

दोस्रो इटहरी परम्परागत खाना महोत्सव २०८०: आज गायिका टीका प्रसाईँको प्रस्तुति


सुनसरी । दोस्रो इटहरी परम्परागत खाना महोत्सव २०८० मा आज प्रमुख आकर्षकका रुपमा गायिका टिका प्रसाईँले प्रस्तुति दिने भएकी छिन् । लोपोन्मुख रैथाने खानाहरुको संरक्षणसँगै प्रवद्र्धनका लागि यहि फाल्गुण १ बाट सुरु भएको खाना महोत्सवको तेस्रो दिन प्रसाईँले प्रस्तुति दिन लागेकी हुन् ।

टीकाले “माया लुकि लुकि”, “नतोडन” जस्ता चर्चित गितहरु गाएकी छिन् । उनले गाएको “म पनि त दिन सक्छु, लुकी लुकी छायाँ” गीतले युट्युवमा १० करोड ७६ लाख भ्यूजको कीर्तिमान राखेको छ ।

प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातिको खानालाई प्राथमिकतामा राखेर खाना संस्कृतिको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले फुड फेष्टिबलको आयोजना गरिएको संघले जनाएको छ । खाना प्रत्यक्षरुपमा जनजिवन, रीतीरीवाज, चाडपर्व, भुगोल, प्रकृति एवं हावापानीसँग जोडीने हुँदा पर्यटकले खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने संघको भनाइ छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार