• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

कपिलवस्तु बस दुर्घटना : १० जनाकै सनाखत

मृतकमध्ये सात पुरुष, तीन महिला

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरापलिका–१ सुरही खोलामा बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ । मृतकमध्ये सात पुरुष र तीन महिला छन् ।

मृत्यु हुनेमा रौतहट औरही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, दसल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिङ्गे नेपाल आर्मीमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरादाबादका ५५ वर्षीय सकिल मुसलमान, भीमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका १६ की २७ वर्षीय सन्जु थापा, भीमदत्त नगरपालिकाकी २१ वर्षीय खगेश्वरी खाती, भीमदत्त नगरपालिका २ का सुदीप भट्ट, पुनर्वास नगरपालिका ९ बिसफाँटा बस्ने विमलादेवी भट्ट र पुनर्वास नगरपालिका ९ बिसफाँटा बस्ने विसनदत्त भट्ट छन् ।

यसैगरी, दुर्घटनामा ३० जना घाइते भएकामध्ये नौ जनाको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि वलीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार