• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

पेट्रोलियम पदार्थको मूल्य बृद्धि


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगम सञ्चालक समितिको बिहीबार बेलुका बसेको बैठकले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । भारतीय आयल कर्पोरेसनबाट प्रतिलिटर १.५६ रुपैयाँले मूल्य बढेर आएपनि निमगले प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हो ।

निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको छैन । निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः रु १६९.५०, १७१ र १७२ तथा डिजेल/मटिटेल क्रमशः १५७.५०, १५९ र १६० रूपैयाँ तोकेको छ ।

निगमले दुई साताअघि पनि पेट्रोलियम पदार्थको मूल्य वृद्वि गरेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार