• २०८१ भाद्र ३१ गते सोमवार
  • Preeti To Unicode

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक(हेर्नुहोस् परीक्षा तालिका)


सुनसरी । आगामी वैशाख १४ गतेदेखि सुरु हुने कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

२०८१ सालमा हुने कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने र वैशाख २६ गते समाप्त हुने राष्ट्रिय परीक्षा बोर्डले सूचनामार्फत जानकारी दिएको छ ।

परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुने छ । सोही दिन नयाँ कोर्सको सँस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक सँस्कृत रचनाको पनि परीक्षा हुने छ ।

तालिका हेर्न यहाँ लिंकमा थिच्नुहोस्:

नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), सानोठिमी, भक्तपुर, कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका

 

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार