• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

बुढीगंगामा मालबाहक ट्रक पल्टिँदा तीन बालबालिकाको मृत्यु


विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका ४ प्रगतिटोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । बिहान मार्बल लिएर आउँदै गरेको आर जे २९ जीबी १५६१ भारतीय नम्बर प्लेट भएको ट्रक साँघुरो सडकमा पल्टिएको थियो ।

मृत्यु हुनेमा बूढीगंगा गाउँपालिका ४ का ६० वर्षीया ज्योती अधिकारीकी ४ वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवास रहेका छन् । ज्योतीका छोरा र छोरी जुम्ल्याहा हुन् ।  ढुंगाले थिचिएर गम्भीर घाइते ज्योती अधिकारीलाई उद्धार गरी विराट मेडिकल कलेज पठाइएको छ ।

शुक्रबार बिहान ७ बजे कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको मालवाहक ट्रक दुर्घटना भएको थियो । उक्त मालवाहक ट्रक ज्योतीको घरमा पल्टिएको प्रहरीले जनाएको छ । पल्टिएको मालवाहक ट्रकले थिचेर तीन जना बालाबलिकाको घटनास्थलमा मृत्यु भएको हो । मृतकको शव निकाल्न प्रहरीलाई करिब ४ घण्टा लागेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते शुक्रवार