• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

सुन तस्करी प्रकरणमा मुछिएका प्लाटिनम कलेज सञ्चालक गुरुङ पक्राउ


काठमाण्डौं । १४ किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गुरुङलाई काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको हो ।

मंसिर २१ मा फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो । उक्त प्रकरणमा अनुसन्धान गर्दा गिरोहले ल्याएको सुन अध्यागमन क्षेत्रमा रहेको शौचालयमा लुकाएर कर्मचारीकै मिलेमतोमा बाहिर ल्याउने गरिएको अनुसन्धानबाट खुलेको थियो ।

प्रहरी अनुसन्धानकै क्रममा सुन तस्कर गिरोहको प्लाटिनम कलेजका सञ्चालक गुरुङसँग सम्पर्क देखिएको अधिकृतहरुको भनाइ छ । अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो ।

सीआईबीले उनलाई विमानस्थल भन्सार कार्यालयमा बुझाउने तयारी गरेको पनि प्रहरी स्रोतले जानकारी दिएको छ । गुरुङमार्फत तस्करीमा संलग्न मुख्य नाइकेहरुसम्म पुग्न सहज हुने अधिकृतहरु बताउँछन् ।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार