• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

संसद्मा एमालेको अडान कायमै


काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आज पनि संसद्मामा आफ्नो अडान कायम राखेको छ । विवादित तीन मन्त्रीले राजीनामा दिनुपर्ने एमालेको माग छ ।

सोमबार बसेको संसद् बैठकमा एमाले सांसद गोकुल बाँस्कोटाले तीन मन्त्रीले राजीनामा दिनुपर्ने बताए । त्यसो नभए त्यसबारेको जवाफ प्रधानमन्त्रीले आजै दिनुपर्ने अडान थियो । “प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ । कि उहाँहरूले राजीनामा दिनुपर्‍यो कि बर्खास्त गर्नुपर्‍यो”, उनले भने ।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार