• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

लागुऔषध सहित ५ जना पक्राउ


विराटनगर। झापा र मोरङका छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा सोमबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१६ दरैयाबाट विराटनगर-१५ का कृष्ण सहनीलाई ६।७३ ग्राम लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो ।

यसैगरी अस्थायी प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ को एक घरबाट सन्दकपुर गाउँपालिका-४ घर भई उक्त स्थानमा डेरा लिई बस्ने २५ बर्षीया बबिता गुरुङ, ईलाम नगरपालिका-२ की २० बर्षीया पुर्णिमा गुरुङ र स्थानीय २१ बर्षीय मनिष लिम्बुलाई १२ ग्राम ९५० मिलिग्राम लागुऔषध ब्राउनसुगर र ९ हजार ८ सय पचास नगद सहित पक्राउ गरेको हो ।

यस्तै झापाकै बिर्तामोड नगरपालिका-३ बाट कमल गाउँपालिका-३ का २० बर्षीय मौषम किस्कु ७२० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार