• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

पथरीमा १५ वर्षीय किशोरीको हत्या आरोपमा युवक पक्राउ, हत्याको कारण प्रेम सम्बन्धमा आएको विवाद


पथरी । मोरङको पथरीशनिश्चरे–७ लामाटोलीमा १५ वर्षीय ज्ञानकुमारी राईको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । खोटाङको ऐँसेलुखर्क घर भइ आफन्तको घरमा बस्दै आएकी राईको गए राति हत्या गरि अपराधी भागेको अवस्थामा मामाका छोरा दाजु विमल राई र भाउजुले फेला पारेका थिए ।

राईको हत्या आरोपमा मोरङ ग्रामथान गाउँपालिकाका धरेन चौधरीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ । घटना भएको २४ घण्टा बित्न नपाउदै प्रहरीले अपराधी पक्राउ गरेको हो । चौधरीलाई गए राति नै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीसहितको टोलीले बेलबारीस्थित भाउन्नेको जंगलबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रेम सम्बन्धमा आएको विवादका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीकाअनुसार राति करिब साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा गर्धन सहित शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियाे। घटना स्थलबाट प्रहरीले खुकुरीको दाव, जुत्ता लगायतका सामाग्री बरामत गरेको छ ।

किशोरीको शव पोस्टमार्टमको लागि धरान स्थित बिपि स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ । शवको पोस्टमार्टम भाेलि मात्रै गरिने भएको छ। घटनाको विषयमा सबै कोणबाट अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार