• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ


विराटनगर । सुनसरी र झापाको दुई स्थानबाट लागुऔषध ब्राउनसुगर ओसारपसारमा संलग्न ५ जनालाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

बिशेष सुचनाको आधारमा आइतबार दिउँसो सुनसरीको इटहरी उप-महानगरपालिका-१२ क स्थित कोशी लोकमार्गमा विराटनगरबाट इटहरीतर्फ जादै गरेको प्रदेश १-०२-००३ ह ९६०७ नम्बरको सिटी सफारीलाई रोकी चेक जाँच गर्दा सिटी चालक भारत बिहार अररिया घर भई हाल बिराटनगर(१७ मा बस्दै आएका मोहमद ईब्रानले फ्लोरेसेन्ट ज्याकेटमा प्लाष्‍टिकमा पोको पारेर लुकाई छिपाई राखेको अवस्थामा २ ग्राम ८ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय दमकबाटको प्रहरीको टोलीले कमल गाउँपालिका-५ का ३२ बर्षिय हिक्मत धिमाल, २७ बर्षिय सुदिप धिमाल, २५ बर्षिय न्युसन राई र १८ बर्षिय पिजल धिमललाई २ ग्राम ३०० ग्राम ब्राउनसुगर र नगद २५ हजार सहित नियन्त्रणमा लिएको छ । ब्राउनसुरगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार