• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

अन्यायविरूद्व विजयकाे सम्झनामा सुनसरीका क्वयर समुदायले मनाए प्राइड मन्थ


सुनसरी । सुनसरीका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले प्राइड मन्थ २०२४ मनाएका छन् । राइट हेयर राइट नाउ र इटहरी उपमहानगरपालिकाको सहयोगमा मानव कल्याण समाज इटहरीले कार्यक्रमको आयोजना गरेको हो ।

सन् १९६९ जुन २८ मा न्यूयोर्क शहरको गे बार स्टोन वाल इनमा प्रहरीले छापा मारेर यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई हिरासतमा लिएपछि उनिहरुको रिहाईका लागि धेरै दिनसम्म चलेको दंगा शृंखला र अन्त्यमा उनिहरुको रिहाइको सम्झनामा संसारभर यस समुदायले विभिन्न कार्यक्रम गरि जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउने गरेको मानव कल्याण समाज इटहरी प्रमुख देव नारायण चौधरीले जानकारी दिए । यस कार्यक्रमले यस समुदायमाथि हुने गरेको हिंसा, अन्यायविरुद्ध सँगै समुदायको हक अधिकार प्राप्तिको सुनिश्चितताका लागि पनि कार्यक्रम आयोजना गरिएको उनले बताए ।

त्यस्तै कार्यक्रममा बाेल्दै प्रमुख अतिथि काेशी प्रदेशसभा सदस्य सपना परियारले क्वयेर समुदायको हक अधिकारलाई नेपालले संविधानमा नै माैलिक हकका रूपमा उल्लेख गरेकाे बताउदै यसलाई उपलब्धिकाे रूपमा लिनुपर्ने बताइन् । थप अधिकारका लागि सबै मिलेर संघर्ष गर्न पनि उनले आव्हान गरिन ।

निल हिरा समाज काेशि प्रदेश अध्यक्ष मुस्कान श्रेष्ठद्वारा उद्घाटन गरिको ¥याली मानव कल्याण समाज इटहरीको कार्यालयबाट सुरुभएर विराटनगर लाईन, इटहरी चौक, आइतबारे हुँदै कार्यक्रम स्थलमा आएर समापन भएको थियो । कार्यक्रममा क्वयेर समुदायका व्यक्तिहरूले फ्ल्याश मुबलगायतका विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार