• २०८१ भाद्र ३१ गते सोमवार
  • Preeti To Unicode

दशैँमा प्रदर्शन गर्ने तयारीसहित धमाधम हुँदै ‘निशब्द’को छायांकन


सुनसरी । क्वयर समुदायको विषयवस्तुलाई समेटेको नेपाली कथानक चलचित्र ‘निशब्द’को छायांकन धमाधम भईरहेको छ । राधारमन मन्जिल मल्टिप्रपोज ग्रुपको प्रस्तुति चलचित्र ‘निशब्द’को सोबिक्षा थापाको निर्देशन र सरोज दहालको कार्यकारी निर्देशनमा छायांकन भईरहेको हो ।

यहि भाद्र महिनाको अन्तिममा छायांकन सक्ने जमर्को गरिरहेको चलचित्रको मुख्य भूमिकामा समीप निरौला, सोबिक्षा थापा, सरोज दहाल, शुसिला निरौला बिम्ली र उमेश खड्का देखिनेछन् । चलचित्रमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय र उनिहरूका परिवारबीचको अन्तरसंघर्ष, समाजसँगको टकराब देख्न पाइने छ । आफ्नो सन्तानको भावनालाई सहि समयमा अभिभावकले जान्न र बुज्न आवश्यक छ भन्ने चलचित्रले सन्देश दिएको निर्माता एवं कलाकार उमेश खड्काले जानकारी दिएका छन् ।

खड्काका अनुसार चलचित्रमा गोमा केशि, कमल बोहरा, रश्मि भट्ट, भगवान भन्डारी, अनुप श्रेष्ठ, रमेश ढकाल, प्रकिती राना मगरलगायतको समेत भूमिका रहेको छ । ‘निशब्द’को आगामी दशैँ तिहारको छेको पारेर रिलिज गर्ने तयारी गरेको चलचित्र निर्माण यूनिटले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार