Sunday, July 3, 2022
arisenepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV
No Result
View All Result
arisenepal
Home FEATURE

आजदेखि देशभर मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु

अराइज नेपाल by अराइज नेपाल
असार १, २०७९
in FEATURE, देश, मुख्य समाचार
पार्टी वैधानिकता दावी गर्दै निर्वाचन आयोग पुग्यो उपेन्द्र यादव पक्ष
26
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजदेखि देशभर मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य पुनः सुरु गर्दैछ ।

सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवं ७३ वटै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन गरिने आयोगले जनाएको छ । पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्नेछन् ।

आजदेखि मतदाता नामावलीमा नाम, ठेगाना, जन्ममितिलगायत विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा त्रुटि सच्याउने तथा कुनै मतदाताले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावलीबाट हटाइने छ । विवाह वा बसाइँ सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।

मतदाताले आफ्नो नाम रहेको मतदानस्थलबाट पायक पर्ने सोही वडाको अर्को मतदानस्थलमा नाम सार्न निवेदन दिएमा सोहीबमोजिम स्थानान्तरण गर्न सकिनेछ । मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि कुनै व्यक्तिले इमेल वा फ्याक्समार्फत निर्वाचन कार्यालयमा निवेदन दिएमा पनि नामावलीे अद्यावधिक गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

विसं २०७३ माघ २० गतेभन्दा अघि दर्ता भई नागरिकतामा उल्लेखितभन्दा फरक ठेगानामा मतदाता नामावली रहेका व्यक्तिले नागरिकतामा उल्लेखित ठेगानामा नै मतदाता नामावली सार्न मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछन् । निजको नाम सो जिल्लाको मतदाता नामावलीबाट निजको नागरिकतामा उल्लेखित ठेगाना भएको स्थानीय तहको वडामा सार्न सकिने आयोगले जनाएको छ ।

मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको वा विवाह वा बसाइँ सरी गएका कारण मतदाता नामावलीबाट नाम हटाउनका लागि निवेदन लिन प्रत्येक महिना निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा सात दिनको समय दिई सूचना टाँस गर्ने व्यवस्था मिलाउने र यस्तो सूचनाको विवरणमाथि निर्वाचन कार्यालयमा कुनै उजुरी परेमा सोको छानबिन गरी पेश भएको प्रमाणबमोजिम र उजुरी नपरेमा सोहीबमोजिम निर्वाचन कार्यालयले नामावली अद्यावधिक गरिने प्रवक्ता शर्माले बताउनुभयो ।

मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता नगरिने हुँदा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति छिट्टै घोषणा हुने सम्भावना रहेको भन्दै आयोगले सो घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम सङ्कलन गर्न योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन अनुरोध गरेको छ ।

Previous Post

बेलवारी-४ बेतनामा ट्रकमा स्कुटर ठोक्किदा स्कुटर चालकको मृत्यु

Next Post

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

अराइज नेपाल

अराइज नेपाल

अराइज नेपाल प्रदेश १ काे केन्द्र इटहरीबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम हाे ।

Related Posts

पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खोलियो
FEATURE

पानीको बहाव बढेपछि कोसी ब्यारेजमा बालियो रातो बत्ती, २१ वटा ढोका खोलियो

by अराइज नेपाल
असार १५, २०७९
0

सुनसरी । लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो...

वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा
FEATURE

वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

by अराइज नेपाल
असार १५, २०७९
0

इटहरी । निरन्तरको वर्षाका कारण इटहरीका करिब एक सय घरहरू प्रत्यक्ष डुबानमा परेका छन् । इटहरी २, ३, ४, ७,...

ब्राउन सुगर सहित दमकबाट ३ जना पक्राउ

सतर्क र सजग रहन नगरवासीलाई इटहरीकी उपमेयरको आग्रह

असार १५, २०७९
इटहरीमा फरक क्षमता भएका महिला तथा पुरुषबिच पौडि प्रतियोगिता

इटहरीमा फरक क्षमता भएका महिला तथा पुरुषबिच पौडि प्रतियोगिता

असार १४, २०७९
झण्डै आधा कर्मचारीको भरमा इटहरी उप-महानगरपालिका

इटहरीका अधिकांश क्षेत्र जलमग्न, विपद् न्यूनीकरणका लागि हटलाइन नम्बर जारी

असार १४, २०७९
पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खोलियो

सप्तकोसी नदीको बहाव बढेपछि १९ वटा ढोका खोलियो

असार १४, २०७९

Discussion about this post

No Result
View All Result

भर्खरका समाचार

पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खोलियो
FEATURE

पानीको बहाव बढेपछि कोसी ब्यारेजमा बालियो रातो बत्ती, २१ वटा ढोका खोलियो

by अराइज नेपाल
असार १५, २०७९
0

सुनसरी । लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो...

Read more
कृषि अनुसन्धान निर्देशनालय तरहरामा १९ औँ धान दिवस तथा रोपाइ महोत्सव

कृषि अनुसन्धान निर्देशनालय तरहरामा १९ औँ धान दिवस तथा रोपाइ महोत्सव

असार १५, २०७९
लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीन पक्राउ

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

असार १५, २०७९
स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते

स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते

असार १५, २०७९
वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

असार १५, २०७९

धेरै रूचाइएकाे

  • लक्ष्मीपूजाको रात मुस्लिम युवाहरुद्धारा घर र मन्दिरमा तोडफोड, दोषीलाई कारबाही गर्न हिन्दु समुदायको माग

    लक्ष्मीपूजाको रात मुस्लिम युवाहरुद्धारा घर र मन्दिरमा तोडफोड, दोषीलाई कारबाही गर्न हिन्दु समुदायको माग

    853 shares
    Share 341 Tweet 213
  • फेरि डोजर लिएर हिड्न थाले इटहरीका मेयर, निर्माणधीन रिसोर्टको ‘कम्पाउन वाल’ भत्काइदिए

    613 shares
    Share 245 Tweet 153
  • छठ हेर्न गएकी रामधुनीकी किशोरीको अपहरण

    602 shares
    Share 241 Tweet 151
  • प्रदेश १ मा संक्रमितको दर ह्वात्तै बढ्यो, फेरि लकडाउनको तयारी

    521 shares
    Share 208 Tweet 130
  • सुनसरीको झुम्कामा आठ वर्षीया बालिका बलात्कृत, घटना सार्वजनिक भएपछि बाबुले गरे आत्महत्या

    351 shares
    Share 140 Tweet 88

अराइज मल्टिमिडिया प्रा.लि. द्वारा सञ्चालित

 

 

सम्पर्क

ठेगाना : इटहरी, सुनसरी
सम्पर्क : ९७४१७७६१४१, ९८०४०४५७६२
इमेल : [email protected]
सूचना तथा प्रशारण विभाग दर्ता नं. : २३४९/०७७-७८

हाम्राे टीम

अराइज मल्टिमिडिया प्रा.लि.
संचालक तथा प्रबन्ध निर्देशक : सचिन राई
सम्पादक : पदम कुमारी तामाङ्ग

 

© Arise Media Network (P) Ltd. 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV

© Arise Media Network (P) Ltd. 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist