Sunday, July 3, 2022
arisenepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV
No Result
View All Result
arisenepal
Home FEATURE

बराहक्षेत्र नगरपालिकाको बजेट सार्वजनिक

अराइज नेपाल by अराइज नेपाल
असार ७, २०७९
in FEATURE, अर्थ, मुख्य समाचार
बराहक्षेत्र नगरपालिकाको बजेट सार्वजनिक
25
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० का लागि ९४ करोड २ लाख ४१ हजार ९ सय ३० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज सार्बजनिक भएको बजेटमा कृषि पर्यटन र पूर्वाधारमा बिशेष जोड दिईएको छ ।

दशौँ नगर सभामा उप-प्रमुख नन्दकुमारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रमको पहिलो बुँदामै ‘समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने नारा तय गरिएको छ । कृषि र पर्यटन मार्फत रोजगारी सृजना गर्ने नगरपालिकाको लक्ष्य प्रस्ट भएको छ । वातावरणमैत्री नगर निर्माण गर्न १ घर २ रुख अभियानलाई कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

हरेक महिना अनुभव साटासाट गर्न जनतासँग मेयर कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ। रोजगारी प्रवर्द्धन गर्न ‘बेरोजगार युवाका लागि मेयर रोजगार कार्यक्रम’ तय गरिएको छ । महिला सशक्तीकरणको लागि भन्दै ‘उपमेयर सिप विकास तथा महिला सशक्तीकरण कार्यक्रम’ सार्वजनिक गरिएको हो ।

पर्यटन विकाशको लागि रामधुनी, चतरा, वराहक्षेत्र, सुर्यकुण्ड र धरान मिलाएर धार्मिक पर्यटकीय सर्किट निर्माण गर्ने लक्ष्य राखिएको छ । कोशी नदिमा जल बिहार, जल यातायात र कोशी किनारमा सूर्यास्तको मनोरम दृश्यावलोकनको व्यवस्था मिलाइने कार्यक्रममा उल्लेख छ । कोसी किनारमा होटेल रेस्टुरेन्ट लगायत घोडाघोडी, फिसिङ, स्याण्डबाथ र स्याण्ड भलिबलको प्रवर्द्धनमा जोड दिइने भएको छ ।

वराहक्षेत्रको दुर्गम मानिएको सुर्यकुण्ड चियाबारी क्षेत्रमा सडक सञ्जालका विकाश गरी ठाकुरबारिबाट श्रीलङ्का टप्पु जोड्ने झोलुङ्गे पुल निर्माण गरिने भएको छ । ‘एक वडा एक गौरवका योजना’ र ‘एक वडा एक खेलमैदान’ र हरेक वडामा ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिने भएको छ ।

कोसी कटान र जङ्गली जनावर नियन्त्रण गर्नेदेखि अव्यवस्थित बसोबास समाधान लगाएका कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । सभामा नगर प्रमुख कार्कीले प्रस्तुत गरेको नीति कार्यक्रममाथि असार ११ गतेदेखि छलफल गरिने छ ।

आर्थिक वर्ष ०७९/०८० को लागि नगरपालिकाले आन्तरिक आयतर्फ ९ करोड ५० लाख अनुमान गरेको छ । नगरपालिकाको सबैभन्दा ठुलो आम्दानीको श्रोतमा सङ्घीय सरकारबाट आउने सशर्त अनुदानलाई राखिएको छ । ४१ करोड २७ लाख सशर्त अनुदान र २१ करोड ४८ लाख वित्तीय समानिकरण अनुदानको आधारमा बजेट तर्जुमा गरिएको छ ।

संघबाट हुने राजस्व वाडफाँडमा १५ करोड ९४ लाख २३ हजार आम्दानी हुने अनुमान गरिएको छ । यस्तै प्रदेशबाट , वित्तीय र सशर्त गरी १ करोड ८१ लाख ४३ हजार अनुमान गरिएको छ ।

कुल बजेट मध्ये चालु खर्चमा ५० करोड ४५ लाख छ भने पुँजीगत तर्फमा ४३ करोड ५७ हजार बजेट विनियोजन गरेको छ । पूर्वाधार विकाशमा १० करोड ८५ लाख ७२ हजार ९ सय ३० रुपैयाँ विनियोजन गरेको नगरपालिकाले आर्थिक विकाश तर्फ ५ करोड ४२ लाख ८५ हजार छुट्याएको छ । सामाजिक विकास ६ करोड ७८ लाख ५७ हजार, विपद् वन तथा वातावरणमा १ करोड ९० लाख र सुशासन तथा क्षमता विकास २ करोड १४ लाख २८ हजार विनियोजन भएको छ ।

Previous Post

रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा

Next Post

बेपत्ता भएकी इटहरी १५ की बालिकाको भारतबाट उद्वार

अराइज नेपाल

अराइज नेपाल

अराइज नेपाल प्रदेश १ काे केन्द्र इटहरीबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम हाे ।

Related Posts

पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खोलियो
FEATURE

पानीको बहाव बढेपछि कोसी ब्यारेजमा बालियो रातो बत्ती, २१ वटा ढोका खोलियो

by अराइज नेपाल
असार १५, २०७९
0

सुनसरी । लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो...

वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा
FEATURE

वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

by अराइज नेपाल
असार १५, २०७९
0

इटहरी । निरन्तरको वर्षाका कारण इटहरीका करिब एक सय घरहरू प्रत्यक्ष डुबानमा परेका छन् । इटहरी २, ३, ४, ७,...

ब्राउन सुगर सहित दमकबाट ३ जना पक्राउ

सतर्क र सजग रहन नगरवासीलाई इटहरीकी उपमेयरको आग्रह

असार १५, २०७९
इटहरीमा फरक क्षमता भएका महिला तथा पुरुषबिच पौडि प्रतियोगिता

इटहरीमा फरक क्षमता भएका महिला तथा पुरुषबिच पौडि प्रतियोगिता

असार १४, २०७९
झण्डै आधा कर्मचारीको भरमा इटहरी उप-महानगरपालिका

इटहरीका अधिकांश क्षेत्र जलमग्न, विपद् न्यूनीकरणका लागि हटलाइन नम्बर जारी

असार १४, २०७९
पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खोलियो

सप्तकोसी नदीको बहाव बढेपछि १९ वटा ढोका खोलियो

असार १४, २०७९

Discussion about this post

No Result
View All Result

भर्खरका समाचार

पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खोलियो
FEATURE

पानीको बहाव बढेपछि कोसी ब्यारेजमा बालियो रातो बत्ती, २१ वटा ढोका खोलियो

by अराइज नेपाल
असार १५, २०७९
0

सुनसरी । लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो...

Read more
कृषि अनुसन्धान निर्देशनालय तरहरामा १९ औँ धान दिवस तथा रोपाइ महोत्सव

कृषि अनुसन्धान निर्देशनालय तरहरामा १९ औँ धान दिवस तथा रोपाइ महोत्सव

असार १५, २०७९
लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीन पक्राउ

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

असार १५, २०७९
स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते

स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते

असार १५, २०७९
वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

असार १५, २०७९

धेरै रूचाइएकाे

  • लक्ष्मीपूजाको रात मुस्लिम युवाहरुद्धारा घर र मन्दिरमा तोडफोड, दोषीलाई कारबाही गर्न हिन्दु समुदायको माग

    लक्ष्मीपूजाको रात मुस्लिम युवाहरुद्धारा घर र मन्दिरमा तोडफोड, दोषीलाई कारबाही गर्न हिन्दु समुदायको माग

    853 shares
    Share 341 Tweet 213
  • फेरि डोजर लिएर हिड्न थाले इटहरीका मेयर, निर्माणधीन रिसोर्टको ‘कम्पाउन वाल’ भत्काइदिए

    613 shares
    Share 245 Tweet 153
  • छठ हेर्न गएकी रामधुनीकी किशोरीको अपहरण

    602 shares
    Share 241 Tweet 151
  • प्रदेश १ मा संक्रमितको दर ह्वात्तै बढ्यो, फेरि लकडाउनको तयारी

    521 shares
    Share 208 Tweet 130
  • सुनसरीको झुम्कामा आठ वर्षीया बालिका बलात्कृत, घटना सार्वजनिक भएपछि बाबुले गरे आत्महत्या

    351 shares
    Share 140 Tweet 88

अराइज मल्टिमिडिया प्रा.लि. द्वारा सञ्चालित

 

 

सम्पर्क

ठेगाना : इटहरी, सुनसरी
सम्पर्क : ९७४१७७६१४१, ९८०४०४५७६२
इमेल : [email protected]
सूचना तथा प्रशारण विभाग दर्ता नं. : २३४९/०७७-७८

हाम्राे टीम

अराइज मल्टिमिडिया प्रा.लि.
संचालक तथा प्रबन्ध निर्देशक : सचिन राई
सम्पादक : पदम कुमारी तामाङ्ग

 

© Arise Media Network (P) Ltd. 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV

© Arise Media Network (P) Ltd. 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist