सुनसरी । नेपालमा आगामी ३ हप्ता अत्यन्तै कठिन अवस्था हुने जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले बताएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमा मार्फत अबको ३ हप्ता नेपालको लागि कठिन अवस्था हुने बताएका हुन् ।
उनले अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव देखिएपछि यो अवस्था अझै ३ हप्ता रहने बताएका हुन् । तीन हप्ता पछि संक्रमणको दर विस्तारै घट्दै जाने बताउँदै डा. पाण्डेले यो अवधि दुःख सहेर भए पनि घरभित्र नै बस्न सुझाव दिएका छन् । त्यस्तै उने सबैलाई स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि अपिल गरेका छन् ।
उनले लेखेका छन्,” आगामी तीन हप्ता नेपालको लागि कठिन अवस्था छ । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ । दुःख सहेर भए पनि यो तीन हप्ता धरभित्रै बसौं । सकभर खाद्यान्न किनमेल नगरौं । पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भनेर निस्किनै परे डबल माक्स लगाएर ,६ फिटभन्दा धेरै दुरी कायम गर्ने, साबुन पानी स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौैं, भेटघाट बन्द गरौं, यो तीन हप्ता दुख सह्यौं भने संक्रममण दर घट्दै जानेछ । रोकथाम भन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ । यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरौं । सरकारले कडाई गरेको हाम्रै लागि हो हामी सबैजना कडा सेल्फ लकडाउनमा बसौं ।”
Discussion about this post