Sunday, July 3, 2022
arisenepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV
No Result
View All Result
arisenepal
Home FEATURE

झट्ट हेर्दा ग्यारेज जस्तै लाग्ने यो ठाउँ, जहाँ विभिन्न मेसिनरी औजार आविस्कार भइरहेका छन्

अराइज नेपाल by अराइज नेपाल
साउन ११, २०७८
in FEATURE, विज्ञान / प्रविधि, विशेष
झट्ट हेर्दा ग्यारेज जस्तै लाग्ने यो ठाउँ, जहाँ विभिन्न मेसिनरी औजार आविस्कार भइरहेका छन्
106
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । राष्ट्रिय आविस्कार केन्द्रको झल्को दिने आविस्कार केन्द्रको रुपमा प्रदेश १ मा पनि पूर्वाञ्चल आविस्कार केन्द्र सञ्चालनमा छ । झट्ट यो ठाउँ हेर्दा एक ग्यारेज जस्तै लाग्छ । तर, यो ठाउँ ग्यारेज भने होइन । यो त मोरङका व्यवसायी ज्ञानु बस्नेतले सञ्चालन गरेको पूर्वाञ्चल आविस्कार केन्द्र हो । यो आविस्कार केन्द्र मोरङको सुन्दरहैँचा नगरपालिका वडा नम्बर ४ बलियामा सञ्चालनमा रहेको छ । यस आविस्कार केन्द्रमा अहिले विभिन्न मेसिनरी औजारहरु बनिरहेका छन् ।

केहि समय अगाडि ज्ञानु बस्नेत एक मेसीनरी सामान खरीदका लागि भारत गएका थिए । एउटा मेसीनरी सामान खरीद गर्नको लागि महिनौ लाग्दा पनि नेपाल ल्याउन समस्या खेपे पछि उनले ‘मेड इन नेपाल मेक इन नेपाल’ भन्ने नारालाई आत्मसाथ गर्दै यो आस्विकार केन्द्रको स्थापना गरेको जानकारी दिए । ‘हामी नेपालीले केहि गर्न सक्दैनौ भन्ने कन्सेप्ट हामी नेपालीको रहेको छ’, उनले भने, ‘यहि कन्सेप्टलाई चिर्ने उद्देश्यका साथ मैले यो आविस्कार केन्द्र बनाउने निधो गरेँ । हामी नेपालीमा पनि खुवि छ, भिजन छ, भलै पैसा नहोला भन्ने धारण मेरो रहेको छ ।’

यदि विग्रिएका सामग्रीको मर्मत गर्न नेपालमा सम्भाव छ भने त्यसलाई बनाउन पनि सम्भव छ भन्ने धारण उनको छ । यहि धारण र उनको भोकले अहिले यस आस्विकार केन्द्रमा इट्टाभट्टामा प्रयाग गर्न सकिने इट्टा बनाउने मेसिन तयारी अवस्थामा छ । यस्तै कन्ट्रक्सनमा प्रयोग गर्न सकिने विभिन्न मेसीनहरु यहाँ बन्दै छन् । यस्ता सामग्रीमा अधिक्तम यहाँकै सामग्री प्रयोग गरिएको उनले जानकारी दिए । मात्रै ५ प्रतिशत् विदेशी तयारी सामान प्रयोग हुने गरेको उनले बताए । ‘५ पर्सेन्ट पार्टपुर्जा मात्रै विदेशबाट आउँछ । मेटर जस्ता सामान हाम्रो देशमा बन्दैन’, उनले भने, ‘यी बाहेक अरु जति पनि पार्टपुर्जाहरु छन् हामीले यहिँ नै बनाएका छौँ, नेपालमा नै बनाएका छौँ । बाहिर पनि मानिसहरुले नै मेसीनको प्रयोग गरेर बनाउने हो । हामीले पनि यहाँ गर्न सक्छौँ ।’

यहाँ उत्पादन भएका सामग्रीहरु मजबुद हुनुका साथै खरिद लागत र सञ्चालन लागत पनि कम रहेको छ । ‘कस्टको कुरा गर्नेहो भने बाहिरबाट किनेर ल्याएको सामान हामीले उत्पादन गरेको भन्दा ५० पर्सेन्ट महँगो पर्छ । तर, यहा ँहामीले बनाएको सामान त्यो भन्दा धेरै सस्तो पर्छ । अर्को कुरा के भने हामीले आफ्नो देशमा बनाएको जे बनाएका छौँ मजबुद ढंगले बनाएका छौँ ।’

यसरी नेपालमा नै नेपाली कच्चा सामग्रीको प्रयोग गरेर अन्य मेसीनरी सामान पनि उत्पादन गर्ने लक्ष्य उनको रहेको छ । तर, यस्ता मेसीनरीको उत्पादन र आविस्कारमा अत्याधिक लागत लाग्ने भएकाले एकल प्रयासले सम्भव नहुने उनको भनाइ छ । यस्ता क्षेत्रमा सरकारी सहयोगको आवस्यकता सर्वोपरि रहने भएपनि अहिलेसम्म सरकारले यसतर्फ ध्यान नदिएकोमा उनि दुखी छन् । यसरी हुने आस्विकार पनि सरकारले गर्ने भौतिक विकास भन्दा कम नभएको र यसले देशको अर्थतन्त्रलाई मजबुद बनाउन सहयोग गर्ने भएकाले सरकारले लगानी गर्नु पनि आवश्यक रहेको उनको भनाइ छ ।

अहिले नै सरकारसँग हारगुहार गरि हाल्ने पक्षमा आफू नरहेको उनले बताए । पहिला बनाएर देखाउने र त्यसपछि सरकारले सहयोग गर्नेमा उनि विश्वस्त छन् । यसरी एकल प्रयासमा नेपाली सामग्रीको प्रयोगबाट विभिन्न मेसीनरीको लक्ष्य लिएर आविस्कार समेत गरिरअ‍ेका उनलाई महावीर पुन सँग दाँज्दा पक्कै फरक नपर्ला ।

Previous Post

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता जसरी पनि उठाएर छाड्छौँ : ऊर्जामन्त्री भुसाल

Next Post

३४२१ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु

अराइज नेपाल

अराइज नेपाल

अराइज नेपाल प्रदेश १ काे केन्द्र इटहरीबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम हाे ।

Related Posts

पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खोलियो
FEATURE

पानीको बहाव बढेपछि कोसी ब्यारेजमा बालियो रातो बत्ती, २१ वटा ढोका खोलियो

by अराइज नेपाल
असार १५, २०७९
0

सुनसरी । लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो...

वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा
FEATURE

वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

by अराइज नेपाल
असार १५, २०७९
0

इटहरी । निरन्तरको वर्षाका कारण इटहरीका करिब एक सय घरहरू प्रत्यक्ष डुबानमा परेका छन् । इटहरी २, ३, ४, ७,...

झण्डै आधा कर्मचारीको भरमा इटहरी उप-महानगरपालिका

इटहरीका अधिकांश क्षेत्र जलमग्न, विपद् न्यूनीकरणका लागि हटलाइन नम्बर जारी

असार १४, २०७९
पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खोलियो

सप्तकोसी नदीको बहाव बढेपछि १९ वटा ढोका खोलियो

असार १४, २०७९
प्रदेश १ सहित देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

मनसुन देशभर फैलियो, आगामी तीन दिन ठूलो झरी पर्ने

असार १३, २०७९
सुनसरी उवासंघ अध्यक्षमा ३ जनाको उम्मेदवारी, विजय श्रेष्ठ प्यानलका ४ सदस्य सर्वसम्मत

सुनसरी उवासंघ अध्यक्षमा ३ जनाको उम्मेदवारी, विजय श्रेष्ठ प्यानलका ४ सदस्य सर्वसम्मत

असार १३, २०७९

Discussion about this post

No Result
View All Result

भर्खरका समाचार

पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खोलियो
FEATURE

पानीको बहाव बढेपछि कोसी ब्यारेजमा बालियो रातो बत्ती, २१ वटा ढोका खोलियो

by अराइज नेपाल
असार १५, २०७९
0

सुनसरी । लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो...

Read more
कृषि अनुसन्धान निर्देशनालय तरहरामा १९ औँ धान दिवस तथा रोपाइ महोत्सव

कृषि अनुसन्धान निर्देशनालय तरहरामा १९ औँ धान दिवस तथा रोपाइ महोत्सव

असार १५, २०७९
लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीन पक्राउ

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

असार १५, २०७९
स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते

स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते

असार १५, २०७९
वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

असार १५, २०७९

धेरै रूचाइएकाे

  • लक्ष्मीपूजाको रात मुस्लिम युवाहरुद्धारा घर र मन्दिरमा तोडफोड, दोषीलाई कारबाही गर्न हिन्दु समुदायको माग

    लक्ष्मीपूजाको रात मुस्लिम युवाहरुद्धारा घर र मन्दिरमा तोडफोड, दोषीलाई कारबाही गर्न हिन्दु समुदायको माग

    853 shares
    Share 341 Tweet 213
  • फेरि डोजर लिएर हिड्न थाले इटहरीका मेयर, निर्माणधीन रिसोर्टको ‘कम्पाउन वाल’ भत्काइदिए

    613 shares
    Share 245 Tweet 153
  • छठ हेर्न गएकी रामधुनीकी किशोरीको अपहरण

    602 shares
    Share 241 Tweet 151
  • प्रदेश १ मा संक्रमितको दर ह्वात्तै बढ्यो, फेरि लकडाउनको तयारी

    521 shares
    Share 208 Tweet 130
  • सुनसरीको झुम्कामा आठ वर्षीया बालिका बलात्कृत, घटना सार्वजनिक भएपछि बाबुले गरे आत्महत्या

    351 shares
    Share 140 Tweet 88

अराइज मल्टिमिडिया प्रा.लि. द्वारा सञ्चालित

 

 

सम्पर्क

ठेगाना : इटहरी, सुनसरी
सम्पर्क : ९७४१७७६१४१, ९८०४०४५७६२
इमेल : [email protected]
सूचना तथा प्रशारण विभाग दर्ता नं. : २३४९/०७७-७८

हाम्राे टीम

अराइज मल्टिमिडिया प्रा.लि.
संचालक तथा प्रबन्ध निर्देशक : सचिन राई
सम्पादक : पदम कुमारी तामाङ्ग

 

© Arise Media Network (P) Ltd. 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV

© Arise Media Network (P) Ltd. 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist