Sunday, July 3, 2022
arisenepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV
No Result
View All Result
arisenepal
Home FEATURE

इनरुवाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ, मेयर र उपमेयरद्वारा पदभार ग्रहण

अराइज नेपाल by अराइज नेपाल
जेष्ठ ६, २०७९
in FEATURE, मुख्य समाचार, समाचार
इनरुवाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ, मेयर र उपमेयरद्वारा पदभार ग्रहण
29
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरपालिकाका नव निर्वाचित पदाधिकारीहरुले शुक्रवार पद तथा गोपनियताको सपथ लिएका छन् । आज नगरपालिका कार्यालय भित्र आयोजित स्थानीय तह निर्वाचन २०७९ बाट नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रममा जिल्ला न्यायधिश कैलाश प्रसाद सुबेदीले नगर प्रमुखमा निर्वाचित केदार भण्डारीलाई पद तथा गोपनियताको सपथ खुवाए भने मेयर भण्डारीले उपप्रमुख बिनिता कुमारी मेहता तथा निर्वाचित सबै वडाका वडा अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

सपथ ग्रहण पश्चात् आयोजित औपचारिक कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुलाई विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले बधाई दिदै नगर र नगरवाशीको हीतमा काम गर्न शुभकामना दिए ।

कार्यक्रममा शुभकामना मनतब्य राख्दै पूर्व मेयर खेमराज पोखरेलले चुनावको बेला विभिन्न दलको हिसाबबाट अभियानहरु चलाइएता पनि अब निर्वाचित भएर आइसकेपछि निर्वाचित पदाधिकारीहरुले नगरको अभिभावकको रुपमा सबैलाई समेटेर मिलाएर लैजान आग्रह गरे । साथै इनरुवाको विकास र समृद्धिका लागि निर्वाचित भएर आएका पदाधिकारीले सहकार्य र सहयोगको आवश्यकता महसुस गरेमा आफूले सधैं सकारात्मक सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरे । साथै उनले निवर्तमान मेयर राजन मेहताको पालामा शुरु गरेका राम्रा कामहरुलाई नगरले शुरु गरेको योजनाको रुपमा बुझ्दै निरन्तरता दिन आग्रह गर्दै इनरुवाको वास्तविक परिवर्तन भएको अनुभूति हुने गरी जनताको स्यावासी पाउने गरी काम गर्न शुभकामना दिए । चुनावको बेला जनताको घरघरमा गएर दुई हात जोडेर भोट माग्दाको अवस्थालाई नबिर्सी काम गर्न सुझाए ।

सोही कार्यक्रममा शुभकामना मनतव्य दिदै निवर्तमान नगर प्रमुख राजन मेहताले आफ्नो कार्यकालमा गरेका उत्कृष्ट काम देखेरै जनताले कांग्रेसका उमेदवारलाई पुनः बिजय गराएको बताए । आफ्नो कार्यकालमा कार्यपालिकामा बहुमत नहुँदा तथा कोभिड महामारीले गर्दा सोचेका धेरै काम गर्न नसके पनि प्रतिकूलताकै बिचमा उल्लेख कामहरु गर्न सकिएको उनले दाबी गरे । अहिले जनताले उत्कृष्ट घोषणा पत्र तथा उमेदवार हेरेर अत्याधिक मत दिएर निर्वाचित गरेर नगरमा पठाएको हुँदा आफ्नो कार्यकालमा भन्दा धेरै सहयोग गर्दिन कर्मचारीलाई आग्रह समेत गरे ।

त्यस्तै नेपाली कांग्रेसका प्रदेस संसदीय दलका नेता राजीब कोइरालाले जनमुखी काम गरेर जनताको आफ्नो पहिलो सरकारको अनुभूति दिने गरी जनताले दिएको जनादेश अनुसार काम गर्न शुभकामना दिए । साथै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कर्मचारीहरु तथा आम मतदातालाई समेत धन्यवाद दिए ।

कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद सिताराम मेहताले जनताले माया गरेको, जनताले रुचाएका ब्याक्ती नगर प्रमुख उप प्रमुखमा निर्वाचित भएकाले नगरले बिकासमा फड्को मार्नेमा बिस्वास व्यक्त गर्दै जनमुखी काम गर्न आग्रह गरे । इनरुवाले बिकास चाहेको बताउँदै कुनै योजना संचालन गर्न बजेट पार्न धेरै गारो काम भएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै नव निर्वाचित नगर प्रमुख केदार भण्डारीले जनताले धेरै कुरा सुन्न भन्दा पनि काम भएको हेर्न चाहेको बताउँदै आफू पनि धेरै नबोल्ने तर काम गरेर देखाउने बताए । जनताले आफूलाई जुन बिश्वासका साथ जिम्मेवारी दिएका छन् त्यसलाई इमान्दारिताका साथ पूरा गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरे । कांग्रेसको घोषणा पत्र हेरेर जनताले आफूलाई निर्वाचित गराएको हुँदा आफूले घोषणा पत्रमा प्राथमिकतामा राखेका कामहरु नै क्रमशः गर्दै जाने स्पष्ट पारे । आफू कांग्रेसबाट उमेदवार बने पनि सबै दलका मतदाताले भोट दिएकाले नै आफूले निर्वाचनमा जित हात पारेकाले सबै दललाई समेटेर आफूले काम गर्ने बताए ।

औपचारिक कार्यक्रमको समापनसँगै नव निर्वाचित नगर प्रमुख तथा उपप्रमुखले पदभार ग्रहण गरे । पदभार ग्रहण गरेसँगै मेयर भण्डारीले सरकारले गरेको २ दिन बिदा सम्बन्धित निर्णयलाई इनरुवाका शैक्षिक संस्थामा शुक्रवार पूरा विद्यालय संचालन गर्दै कार्यालय समय १० बजेदेखि ४ बजे सम्म नै बनाउने गरी हप्ताको दुई दिन नै बिदा गर्ने पहिलो निर्णयमा हस्ताक्षर समेत गरेका छन् ।

 

Previous Post

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

Next Post

विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला निर्वाचित, उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी

अराइज नेपाल

अराइज नेपाल

अराइज नेपाल प्रदेश १ काे केन्द्र इटहरीबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम हाे ।

Related Posts

पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खोलियो
FEATURE

पानीको बहाव बढेपछि कोसी ब्यारेजमा बालियो रातो बत्ती, २१ वटा ढोका खोलियो

by अराइज नेपाल
असार १५, २०७९
0

सुनसरी । लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो...

लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीन पक्राउ
समाचार

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

by अराइज नेपाल
असार १५, २०७९
0

मोरङ । मोरङको विराटनगर महानगरपालिका-१२ महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार...

स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते

स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते

असार १५, २०७९
वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

असार १५, २०७९
ब्राउन सुगर सहित दमकबाट ३ जना पक्राउ

सतर्क र सजग रहन नगरवासीलाई इटहरीकी उपमेयरको आग्रह

असार १५, २०७९
इटहरीमा फरक क्षमता भएका महिला तथा पुरुषबिच पौडि प्रतियोगिता

इटहरीमा फरक क्षमता भएका महिला तथा पुरुषबिच पौडि प्रतियोगिता

असार १४, २०७९

Discussion about this post

No Result
View All Result

भर्खरका समाचार

पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खोलियो
FEATURE

पानीको बहाव बढेपछि कोसी ब्यारेजमा बालियो रातो बत्ती, २१ वटा ढोका खोलियो

by अराइज नेपाल
असार १५, २०७९
0

सुनसरी । लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो...

Read more
कृषि अनुसन्धान निर्देशनालय तरहरामा १९ औँ धान दिवस तथा रोपाइ महोत्सव

कृषि अनुसन्धान निर्देशनालय तरहरामा १९ औँ धान दिवस तथा रोपाइ महोत्सव

असार १५, २०७९
लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीन पक्राउ

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

असार १५, २०७९
स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते

स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते

असार १५, २०७९
वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

असार १५, २०७९

धेरै रूचाइएकाे

  • लक्ष्मीपूजाको रात मुस्लिम युवाहरुद्धारा घर र मन्दिरमा तोडफोड, दोषीलाई कारबाही गर्न हिन्दु समुदायको माग

    लक्ष्मीपूजाको रात मुस्लिम युवाहरुद्धारा घर र मन्दिरमा तोडफोड, दोषीलाई कारबाही गर्न हिन्दु समुदायको माग

    853 shares
    Share 341 Tweet 213
  • फेरि डोजर लिएर हिड्न थाले इटहरीका मेयर, निर्माणधीन रिसोर्टको ‘कम्पाउन वाल’ भत्काइदिए

    613 shares
    Share 245 Tweet 153
  • छठ हेर्न गएकी रामधुनीकी किशोरीको अपहरण

    602 shares
    Share 241 Tweet 151
  • प्रदेश १ मा संक्रमितको दर ह्वात्तै बढ्यो, फेरि लकडाउनको तयारी

    521 shares
    Share 208 Tweet 130
  • सुनसरीको झुम्कामा आठ वर्षीया बालिका बलात्कृत, घटना सार्वजनिक भएपछि बाबुले गरे आत्महत्या

    351 shares
    Share 140 Tweet 88

अराइज मल्टिमिडिया प्रा.लि. द्वारा सञ्चालित

 

 

सम्पर्क

ठेगाना : इटहरी, सुनसरी
सम्पर्क : ९७४१७७६१४१, ९८०४०४५७६२
इमेल : [email protected]
सूचना तथा प्रशारण विभाग दर्ता नं. : २३४९/०७७-७८

हाम्राे टीम

अराइज मल्टिमिडिया प्रा.लि.
संचालक तथा प्रबन्ध निर्देशक : सचिन राई
सम्पादक : पदम कुमारी तामाङ्ग

 

© Arise Media Network (P) Ltd. 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV

© Arise Media Network (P) Ltd. 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist