इटहरी । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित भएका छन् । उपमेयरमा भने नेकपा एमालेकी शिल्पा निराला कार्की विजयी भएकी छन् ।
निर्वाचन अधिकृतको कार्यालय विराटनगरले शनिबार बिहान २ बजे सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार कोइरालाले ३० हजार १ सय ७० मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत प्राप्त गर्न सके।
त्यसैगरी, उपमेयरमा निर्वाचित एमालेकी कार्कीले २५ हजार ६ सय ८० मत ल्याएकी छन् । कार्कीका प्रतिद्वन्द्वी गठबन्धनबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत पाएका छन् ।
Discussion about this post