इटहरी । छात्रामाथि बलात्कार आरोप लागेका सुनसरीको इटहरीस्थित ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलका तत्कालिन प्रिन्सिपल राज खड्कामाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ । पिडित भनिएकी यूवतीलाई न्याय दिलाउन भन्दै शुक्रबार इटहरीका युवाहरूकाे नेतृत्वमा विरोध प्रदर्शन गरिएकाे हाे ।
युवाहरूको प्रदर्शन इटहरीको आईतबारेबाट सुरू भएर मुख्य चौक हुँदै इटहरी उपमहानगर परिसरमा आएर कोणसभामा परिणत भएको थियो । प्रदर्शनको क्रममा “बलात्कारीलाई फासी दे”, “अपराधीलाई शिघ्र कारबाही गर”, “बलात्कारी राज खड्का, कानून यसको भुँडी पड्का” लगायतका नारा सहित चर्को नाराबाजी गरेका थिए ।
प्रदर्शनमा बोल्दै जय नारी उपमाले परिचित सावित्री सुवेदीले हिंसामा परेकी महिलालाई न्याय दिलाउन, उजुरीका हद-म्याद खारेजको लागि आन्दोलन रहेको बताइन् । उनले भनिन्,’यदि कसैले महिलालाई कमजोर सम्झन्छ भो त्यो मजाक मौ हुनेछ । यो आवाजलाई कसैले पनि कमजोर नसोचोस् ।’
प्रदर्शनलाई सम्बोधन गर्दै उपमहानगर प्रमुख हेमकर्ण पौडेलले आफू पिडितको पक्षमा रहेको र अपराधीले सजाय पाउने बताए । उनले युवाहरूलाई आफ्नो मागबारे लिखित रूपमा निवेदन दिन आग्रह गरे ।
Discussion about this post