इटहरी । स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिहरुले छुवाछुत व्यवहारिक रुपमा अन्त्यका लागि नेतृत्वदायी भुमिका खेल्नु पर्ने सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले बताएका छन् । दलित कल्याण संघको आयोजनामा इटहरीमा आयोजित कार्यक्रमका अतिथीहरुले छुवाछुत अन्तका लागि जनप्रनिधिहरुले आ आफनो क्षेत्रबाट भुमिका खेल्नु पर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै दलित कल्याण संघका केन्द्रीय अध्यक्ष मोतीलाल नेपालीले छुवाछुत व्यवहारिक रुपमा अन्त्य साथै अन्तरघुलनका क्षेत्रमा काम गर्नु पर्नेमा जोड दिए । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इटहरी उपमहनगरपालिका तथा धरान उपमहानगरपालिकामा नवनिर्वाचित दलित जनप्रतिनिधिहरुलाई सम्मान गरियो ।
कार्यक्रममा संविधान सभाकी सदस्य अनिता परियार, दलित अभियान्ता कृष्ण रसाइली लगायतले पनि दलितहरुको हकअधिकारका विषयमा बोलेका थिए । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुका सहभागिता रहेको थियो ।
Discussion about this post