मोरङ । मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
मंगलवार राती साँढे ७ बजेको समयमा मोरङको पथरी शनिश्चरे नगरपालिका-२ मा प्रदेश १ -०२-०४७ प ००१५ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ५० बर्षीया बिमला खड्कालाई ठक्कर दिंदा घाईते भएकी खड्काको उपचारको क्रममा बिराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो ।
यसैगरी मंगलवार साँझ मोरङकै सुन्दरहरैचा नगरपालिका-११ मा साईकललाई जोगाउने क्रममा को ३३ प ४२४१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा सोही मोटरसाईकलमा सवार रहेकी ३० बर्षीया देव कुमारी श्रेष्ठ घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
Discussion about this post