इटहरी । सनातनी हिन्दू आस्था माथि आक्रमण भएको भन्दै सुनसरीको इनरुवामा हिन्दु समुदायले बिरोध प्रदर्शन गरेको छ । बिहिवार राती हिन्दु समुदायले दिपावलीको अवसरमा घर अगाडी सजाएर राखेको कलश, केराको थाम, दियो आदि केही मुस्लिम समुदायका युवाहरुले फुटाएर फालेको भन्दै इनरुवामा हिन्दु समुदायहरुले बिरोध प्रदर्शन गरेका हुन् ।
प्रर्दशनमा उत्रिएकाहरुले हिन्दु समुदायको आस्था माथिको आक्रमण एकदमनै निन्दनीय रहेको बताएका छन् । उनिहरुले दोषीलाई कारबाही गर्न माग पनि गरेका छन् । बाहिरिया घुसपेठ र धार्मिक आस्था भङ्ग गर्ने मनशायले षडयन्त्र भएको उनिहरुको आशंकासहित त्यस्तो तत्तवहरूलाई खबरदारि पनि गरेको छ । धार्मिक द्वन्द आफूहरुको अभियान नभएको तर हिन्दू आस्था माथिको आक्रमणलाई लिएर हातमा दहि जमाएर भने आफूहरु नबस्ने उनिहरुले बताए ।
बिहीबार राति शान्ति चोक देखि मगरटोल हुँदै बबिया लगायत इनरूवाको बिभिन्न ठाउँमा कलस, गमला लगायत मन्दिरहरू समेत राति तोडफोड भएको थियो । तोडफोडमा संलग्न तिन जना रङ्गेहात पक्राउ परेको छन् । जानकारीका अनुसार घटना २०, २२ जनाको समुहले घटाएका थिए भने उनिहरु सबैजना मुस्लिम समुदायका रहेको बताइएको छ ।
Discussion about this post