इटहरी । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर–६, नैनी गाउँकी एक किशोरी अपहरणमा परेकी छिन् । कार्तिक २४ गते परेको छठ पर्व हेर्न भनी झुम्का हिडेकी १९ वर्षीय रन्जिता चौधरी अपहरणमा परेकी हुन् ।
पारिवारिक श्रोतकाअनुसार उनलाई गाउँकै एक छिमेकीले अपहरण गरेको बताईएको छ । अपहरण गर्ने व्यक्ति स्थानीय ३० वर्षीय विवाहित पुरुष सुमन पौड्याल रहेको किशोरीका भिनाजु दीप नारायण चौधरीको भनाइ छ । उनकाअनुसार घरबाट छठ हेर्न राती तीन जना साथीहरुसङ्ग गएको र केटातर्फबाट पनि अपरिचित रुपमा तीन जना केटाहरु आएका थिए । उनले छठ हेरिसके पछि अन्य केटीहरु सफारीमा चडी घरतिर लागेको र अपहरित चौधरीलाई घर पुर्याइदिने भनी गाउँका दाई पर्ने पौड्यालले बक्लौरीमा राती ११ः३० तिर मोटरसाइकल मोडी धरानतर्फ जबर्जस्ती लगेको बताएका छन् ।
ती व्यक्तिले को ३८ प १७४४ नम्बरको मोटरसाइकलमा जबर्जस्ती लगे पछि ती किशोरीले गाउँकै एक आफन्तलाई म्यासेजमा आफुलाई बचाउनुहोस भनी लेखेर पठाएको किशोरीकी परिवारले बताएको छ । किशोरीकी परिवारले ती किशोरीले आफुलाई धरानको जङ्गल हुँदै एक पुल मुनीको घरमा लुकाएर राखेको भनी खवर गरेको र पछिबाट कुनै फोन सम्पर्क हुन नसकेको जानकारी दिएका छन् । किशोरीका भिनाजु चौधरीले प्रहरीको साथमा खोजी गर्न जादा केही फेला पार्न नसकिएको बताएका छन् ।
प्राप्त जानकारीका अनुसार अपहरण गर्ने पुरुष वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्ष दुबै बसेर आएका हुन् । उनको श्रीमती इटहरीमा बस्ने गरेको र श्रीमतीले यसअघि नै सम्बन्ध बिच्छेद गर्न खोजीरहेको खुलासा समेत भएको छ । पिडित परिवारले भने इलाका प्रहरी कार्यलय पकली र धरान प्रहरी कार्यलयमा उजुरी दिएको बताएका छन् । धरानको विभिन्न स्थानमा खोजी गर्दा फेला पार्न नसकिएको र खोजी कार्य जारी रहेको धरान प्रहरी कार्यलयले जनाएको छ ।
Discussion about this post