सुनसरी । इटहरी उपमहानगरपालिका १५ की १५ वर्षिया बालिका अस्मिता चौधरी २० दिनदेखि वेपत्ता छिन् । गत वैशाख ३० गते निर्वाचनको दिन घरमा धामी लगाएर झारफुक गर्ने क्रममा पाती सेलाउन भन्दै कोशी लगिएकी उनि हालसम्म पनि सम्पर्कमा आएकी छैनन् ।
गत वैशाख ३० गते चौधरीकी ठूलो बुबा लालु चौधरी र झारफुक गर्ने झाँक्री विराटनगर निवासि दिनेश मण्डलले फुलपाति सेलाउन कोशी लाने भन्दै लिएर गएका थिए । आफ्नै ठूलो बुबाको विश्वास गरि परिवारले छोरी पठाएका थिए तर छोरी आइनन् । बेलुका लालु चौधरी एक्लै फर्किएको बताउदै अस्मिताका बुवा पशुपति चौधरीले भने,‘बेलुका दाजु एक्लै आउनुभयो, सोध्दा भोलि बिहान आउछ भन्नुभयो ।’

छोरी घर नफर्किएपछि परिवारले जेठ २ गते नै इलाका प्रहरी कार्यलय पकलीमा मानवअपहरण तथा शरीर बन्धन बनाएको आरोप लगाउँदै दुई जना विरुद्ध जाहेरी दिएका थिए । प्रहरीले जाहेरी परेसँगै प्रहरीले लालु चौधरी र घटनामा संलग्न रहेको आशंकामा भारतीय नागरिक शनि मण्डललाई पक्राउ गरेको छ भने झाँक्री दिनेश मण्डल फरार छन् ।
लालु र दिनेशले अस्मितालाई झारफुक गरेको पाती सेलाउन भन्दै कोशी लाने बताएपनि कोशी नलगेको खुलेको छ । उनिहरुले अस्मितालाई इनरुवा देखि दुहबी हुँदै विराटनगरको शनि मन्दिर पु¥याएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मतदानको दिन सवारीसाधन चलाउन पास बिना निषेध गरिएको थियो तर ५ बजे मतदान सकिएपछि उनिहरुले अस्मितालाई लगेको इलाका प्रहरी कार्यलय पकलीका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए। त्यस्तै, विराटनगरस्थित शनी मन्दिर नजिक रहेको दिनेशको बहिनीको घरमा अस्मिताको पाउजु फेला परेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
Discussion about this post