Sunday, July 3, 2022
arisenepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV
No Result
View All Result
arisenepal
Home मुख्य समाचार

भत्काए छाउगोठ, भत्किएन मनको डर

अराइज नेपाल by अराइज नेपाल
भदौ २२, २०७८
in मुख्य समाचार, विशेष, समाज
भत्काए छाउगोठ, भत्किएन मनको डर
56
SHARES
Share on FacebookShare on Twitter
दैलेख । ठाटीकाँध गाउँपालिका–२ की सरुपा विक २१ वर्षकी भइन् । १६ वर्षको उमेरमा महिनावारी भएकी उनी छाउगोठमा बस्दै आएको छैटौँपटक हो । अहिले पनि उनी महिनावारी भएका बेला उही छाउगोठमै जान्छिन् । ‘तर अहिले पनि महिनावारीको समय नजिकिँदा शरीरमा काँडा उम्रेर आउँछ । छाउगोठमा बसौँ त सर्पको डर, घरमा बसौँ त देवताको डर केही गरे पनि सुख छैन,’ उनी भन्छिन् ।

बिहान ५ बजेकै हुँदैन कुर्मुरो उज्यालोमै घाँस काट्न हिँडिहाल्छिन् । घाँसको ठूलो डोको  बोकेर घर फर्किन्छिन् । यसरी नै उनको दैनिकी बित्छ । अघिपछिभन्दा महिनावारी भएका बेला निकै पीडा हुने गरेको उनी सुनाउँछिन् । ‘अरुबेला हामी नारीलाई केही पीडा हुँदैन,’ उनले भनिन्, ‘महिनावारीका बेला गनिनसक्नु पीडा हुन्छन्, सुख्खा सेतो नुनसँग खाना खानुपर्छ, एक्सरो कपडा ओछ्याएर चिसो ठाउँमा सुत्नुपर्छ ।’

परम्परागत सोचमा परिवर्तन आउन नसक्दा अहिले पनि एकसरो लुगा ओछ्याएर सेतो नुनसँग खाना दिइने चलन कायमै छ ।

आठबीस नगरपालिका–५ कि नाम परिवर्तित अमला बडुवाल पहिलोपटक महिनावारी हुँदा लुक्न भनेर जंगल पसिन् । गाउँघरमा पहिलो पटक रजस्वला भए लुक्न जाने चलनअनुसार आफू लुक्न गएको अमला बताउँछिन् । ‘सरकारले छाउलाई बार्न हुन्न, छाउगोठमा बस्न हुन्न भनेर भत्कायो,’ उनले भनिन्, ‘गोठ भत्काएर मात्र के गर्नु मनको डर भत्काउन कसैले नसक्ने, त्यसैले पनि छाउगोठमै बस्नुपर्ने बाध्यता छ ।’

पहिलो पटक रजस्वला हुँदा नलुकेमा दाइभाइको नजर परे राम्रो हुँदैन भनेर पाँच दिनसम्म लुक्ने चलन रहेको ठाटीकाँधकी सरुपा बिक बताउँछिन् । ‘पहिलोपटक महिनावारी हुँदा घरमा बस्नुहुँदैन, लुक्न जानुपर्छ जंगलतिर, कसैको पनि नजरमा पर्न हुँदैन, पाँच दिन भएपछि घरमा आउने र घरमा मिठोमसिनो बनाएर दिने चलन छ,’ उनले भनिन् ।

दैलेखको आठबीस नगरपालिका–२ की भावना उपाध्यायको पनि उस्तै अनुभव छ । उनले पनि घरमा भएका पुरुषलाई अनुहार देखाउन नहुने भन्दै सात दिनसम्म आफन्तको घरमा लुक्न जानुपर्यो । ‘झुक्किएर पनि आकाशतिर सूर्यलाई हेर्न पनि नहुने रे । यी सब कुराले म महिनावारी भएको होइन, केही अपराध गरेर सजाय काटेको जस्तो अनुभव भयो,’ उनले भनिन् ।
सरुपा र भावना प्रतिनिधि पात्र मात्रै हुन् । परम्परागत सोचमा परिवर्तन आउन नसक्दा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा अदृश्य रूपमा छाउ प्रथाले निरन्तरता पाइरहेको छ ।

गत वर्ष पुस महिनाबाट सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशका १९ जिल्लामा छाउगोठ भत्काउने अभियान थाल्यो । उक्त अभियानबाट करिब नौ हजार दुई सय १० वटा छाउगोठ गृह मन्त्रालयको आदेशमा भत्काइयो । छाउगोठ भत्काइए पनि छाउ भएका पुनः छाउगोठमै बस्न थालेका छन् ।

रजस्वला हुँदा छाउगोठमा बस्नेलाई कारबाही गरिने भनेर कानुनमा प्रस्ट उल्लेख भए पनि कार्यान्वयन भने हुन सकेको छैन । पहिले भत्काइएका छाउगोठ अहिले धमाधम ठडिन थालेका छन् । महिनावारी भएका बेला बस्न भनेर बनाइएका छाउगोठमा बस्ने क्रममा महिला एवं किशोरीले वर्षेनी ज्यान गुमाउन थालेपछि त्यस्तो अभियान सुरु गरिएको थियो ।

स्थानीय तहका जनप्रतिनिधिको अगुवाइ र प्रहरीको बलमा छाउगोठ भत्काएर छाउगोठ मुक्त घोषणा गरिए पनि महिलाहरू भने महिनावारी हुँदा फेरि गाईभैँसीको गोठ र बाख्राखोरमा बस्न थालेका छन् ।

‘सरकारले छाउगोठ भत्काए पनि घरभित्र बस्न मनले मान्दैन, डर लाग्छ,’ दैलेख आठबीस नगरपालिकाकी एक महिलाले भनिन्, ‘घरभित्रै बस्ने मन भए पनि देउता रिसाउने भन्दै बूढाबूढी (सासूससुरा)ले बस्नै दिँदैनन्, त्यसैले महिनावारी हुँदा पाँच दिन बाध्य भएर छाउगोठमै नबसि नहुने ।’

पहिलेको भन्दा छाउपडी र छाउगोठमा बस्ने अहिले कम हुँदै गएको आठबीस नगरपालिका उपप्रमुख दीपा बोहोरा बताउँछिन् । ‘पहिले सरकारले छाउगोठ भत्काउँदा विनापूर्वाधार मानसिक रुपमा तनाब दिएर भत्काउने भयो त्यस्ले गर्दा उल्टो प्रभाव प¥यो,’ उनले भनिन्, ‘जसले गर्दा झाडी र खुल्ला ठाउँमै बस्ने भयो ।’

Source: न्युज कारखाना
Via: जितेन्द्र थापा
Previous Post

नेप्सेको सुधार टिकेन, ४४ दशमलव १८ अंकको गिरावट

Next Post

ताप्लेजुङमा २१ जनप्रतिनिधिले रोजे नेकपा एकीकृत समाजवादी

अराइज नेपाल

अराइज नेपाल

अराइज नेपाल प्रदेश १ काे केन्द्र इटहरीबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम हाे ।

Related Posts

पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खोलियो
FEATURE

पानीको बहाव बढेपछि कोसी ब्यारेजमा बालियो रातो बत्ती, २१ वटा ढोका खोलियो

by अराइज नेपाल
असार १५, २०७९
0

सुनसरी । लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो...

वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा
FEATURE

वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

by अराइज नेपाल
असार १५, २०७९
0

इटहरी । निरन्तरको वर्षाका कारण इटहरीका करिब एक सय घरहरू प्रत्यक्ष डुबानमा परेका छन् । इटहरी २, ३, ४, ७,...

ब्राउन सुगर सहित दमकबाट ३ जना पक्राउ

सतर्क र सजग रहन नगरवासीलाई इटहरीकी उपमेयरको आग्रह

असार १५, २०७९
इटहरीमा फरक क्षमता भएका महिला तथा पुरुषबिच पौडि प्रतियोगिता

इटहरीमा फरक क्षमता भएका महिला तथा पुरुषबिच पौडि प्रतियोगिता

असार १४, २०७९
झण्डै आधा कर्मचारीको भरमा इटहरी उप-महानगरपालिका

इटहरीका अधिकांश क्षेत्र जलमग्न, विपद् न्यूनीकरणका लागि हटलाइन नम्बर जारी

असार १४, २०७९
पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खोलियो

सप्तकोसी नदीको बहाव बढेपछि १९ वटा ढोका खोलियो

असार १४, २०७९

Discussion about this post

No Result
View All Result

भर्खरका समाचार

पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खोलियो
FEATURE

पानीको बहाव बढेपछि कोसी ब्यारेजमा बालियो रातो बत्ती, २१ वटा ढोका खोलियो

by अराइज नेपाल
असार १५, २०७९
0

सुनसरी । लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो...

Read more
कृषि अनुसन्धान निर्देशनालय तरहरामा १९ औँ धान दिवस तथा रोपाइ महोत्सव

कृषि अनुसन्धान निर्देशनालय तरहरामा १९ औँ धान दिवस तथा रोपाइ महोत्सव

असार १५, २०७९
लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीन पक्राउ

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

असार १५, २०७९
स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते

स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते

असार १५, २०७९
वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

वर्षाका कारण इटहरीका करिब सय घर डुबानमा

असार १५, २०७९

धेरै रूचाइएकाे

  • लक्ष्मीपूजाको रात मुस्लिम युवाहरुद्धारा घर र मन्दिरमा तोडफोड, दोषीलाई कारबाही गर्न हिन्दु समुदायको माग

    लक्ष्मीपूजाको रात मुस्लिम युवाहरुद्धारा घर र मन्दिरमा तोडफोड, दोषीलाई कारबाही गर्न हिन्दु समुदायको माग

    853 shares
    Share 341 Tweet 213
  • फेरि डोजर लिएर हिड्न थाले इटहरीका मेयर, निर्माणधीन रिसोर्टको ‘कम्पाउन वाल’ भत्काइदिए

    613 shares
    Share 245 Tweet 153
  • छठ हेर्न गएकी रामधुनीकी किशोरीको अपहरण

    602 shares
    Share 241 Tweet 151
  • प्रदेश १ मा संक्रमितको दर ह्वात्तै बढ्यो, फेरि लकडाउनको तयारी

    521 shares
    Share 208 Tweet 130
  • सुनसरीको झुम्कामा आठ वर्षीया बालिका बलात्कृत, घटना सार्वजनिक भएपछि बाबुले गरे आत्महत्या

    351 shares
    Share 140 Tweet 88

अराइज मल्टिमिडिया प्रा.लि. द्वारा सञ्चालित

 

 

सम्पर्क

ठेगाना : इटहरी, सुनसरी
सम्पर्क : ९७४१७७६१४१, ९८०४०४५७६२
इमेल : [email protected]
सूचना तथा प्रशारण विभाग दर्ता नं. : २३४९/०७७-७८

हाम्राे टीम

अराइज मल्टिमिडिया प्रा.लि.
संचालक तथा प्रबन्ध निर्देशक : सचिन राई
सम्पादक : पदम कुमारी तामाङ्ग

 

© Arise Media Network (P) Ltd. 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • देश
  • विश्व
  • विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
  • खेल
  • अन्य
    • शिक्षा / स्वास्थ्य
    • फाेटाे फिचर
    • मनाेरञ्जन
    • लेख / विचार
    • विज्ञान / प्रविधि
    • अन्तरवार्ता
    • पर्यटन
  • ARISE TV

© Arise Media Network (P) Ltd. 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist