इटहरी । इटहरी फुटबल क्लबको आयोजनामा शनिबारदेखि इटहरी फुटबल रनिङ कप २०७८ सुरु भएको छ । शनिबार भएको पहिलो खेलमा वडा नम्बर ५ ले वडा नम्बर १९ लाई ५–३ गोल अन्तरले पराजित गरेको छ ।
खेलको पुरा समयमा दुबै टिमबाट कुनै पनि गोल हुन सकेन । त्यसपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो । ट्राइबेकरमा ५ नम्बर वडाले ५–३ गोल अन्तरले वडा नम्बर १९ लाई पराजित गरेको हो । शनिबारको खेलमा वडा नम्बर ५ का मनिस भण्डारी म्यान अफ दि म्याच घोषित भए । उनले विशाल अग्रवालले प्रयोजन गरेको मोबाइल फोन प्राप्त गरे ।
आसन्न नेपाल फुटबल संघ ९एन्फा०को जिल्ला स्तरीय छनौटलाई मध्यनजर गरेर रनिङ कपको आयोजना गरिएको अध्यक्ष श्याम मानन्दरले जानकार दिए। २० वडा रहेको इटहरीका १५ वटा वडाहरुले प्रतियोगितमा सहभागिता जनाएको क्लबका उनले बताए । उनले सुनसरीमा हुने एन्फाको जिल्ला स्तरीय छनौटमा इटहरी उपमहानगरपालिकाबाट दुई वटा टिम सहभागी हुने भएकाले त्यसका लागि आवश्यक खेलाडीको छनौट गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए ।
यसैबीच आइतबार दुई वटा खेल हुने आयोजकले जानकारी दिएको छ । आइतबारको पहिलो खेलामा मध्यान्न १२३० बजे वडा नम्बर ६ र १४ विच तथा दिउँसो २ बजे हुने दोश्रो खेलमा वडा नम्बर १० र १७ विच प्रतिस्पर्धा हुने छ । १५ टिम सहभागि खेल आगामी मंसिर २० गतेसम्म सञ्चालन हुने छ । खेलमा विजेताले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै उत्कृष्ट दुई टिमले जिल्ला स्तरीय एन्फाको छनौट खेलमा सहभागि हुने मौका पाउने छन् ।
Discussion about this post