• २०८१ बैशाख १३ गते बिहिवार
  • Preeti To Unicode

सुनसरीमा एकसाता निषेधाज्ञा ( सूचना सहित )


धरान :कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीका कारण सुनसरीमा स्थानीय प्रशासनले शुक्रवार रातिदेखि लागु हुनेगरी निषेधआज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सुनसरीका १२ वटै स्थानीय निकायमा निषेधआज्ञा जारी गरिएको

प्रमुख जिल्ला अधिकरी उमेशकुमार ढकालले जानकारी दिए । बिहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसिएमसीको बैठकले सुनसरीलाई सुरक्षित बनाउन शुक्रवार १२ देखि २४ वैशाखसम्म निषेधआज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

शुक्रबार राति १२ बजेदेखि एक सतालाई निषेधाज्ञा हुने भएको हो । सुनसरीका धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, दुहवी रामधुनी बराहक्षेत्र नगरपालिका तथा कोसी भोक्राहा नर्सिङ, हरिनगरा, बर्जु र गडी गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सर्वसाधारणलाई हिडडुल गर्न र सवारी साधन संचालन गर्न प्रतिबन्ध लगाइएको छ । प्रजिअ ढकालले निषेधाज्ञाको

समयमा स्थानीय प्रशासनले निर्देशनलाई उलंघन गर्ने जोकोहीलाई सक्रमण ऐन अनुसार पक्राउ गरी कारवाही गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार