सुनसरी । इटहरी रंगशालामा शनिबार फुड एण्ड बेभरेज मेला २०२१ सम्पन्न भएको छ । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा प्रिमिएर होटल स्कूलको व्यवस्थापनमा फुड एण्ड बेभरेज मेला २०२१ इटहरी रंगशालामा सम्पन्न भएको हो ।
एक दिने फुड एण्ड बेभरेज मेला पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको मेलाका संयोजक तथा प्रिमियर कलेज इटहरीका सञ्चालक सुनिल भुसालले जानकारी गराए । तेजबहादुर पुरीको अध्यक्षतामा भएको फेस्टिबल करीब नौ लाख रुपैँया लागतमा आयोजनाका गरिएको थियो ।
मेलामा विभिन्न राष्ट्रिय तथा स्थानीय कालाकारले आफ्नो प्रस्तुती दिएका थिए । खादैँ रमाउँदै पर्यटनलाई बुझ्ने नौलो योजनाकासाथ आयोजना गरिएको फेस्टिबलमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो मास्टर सेफ प्रोफेशनल यूकेका उपविजेता सन्तोष शाहको समेत उपस्थिति रहेको थियो ।
एक सय रुपैँया प्रवेश टिकट रहेको फेस्टिबलमा नेपाली खानाका परिकार साथै इटालियन, चाइनिज, स्विस, मेस्सिकन खानाहरु समेत रहेको ।
Discussion about this post