• २०८१ जेष्ठ ७ गते सोमवार
  • Preeti To Unicode

माया पलायो भन्दै साउदी बाट आचानक बिष्णु बिक्रम किन आए धनकुटा ? हेर्नुस एस्तो छ रहस्य ( भिडियो सहित )


धनकुटाधनकुटा निवासी बिष्णु बिक्रम निरौला नयाँ म्युजिक भिडियो लिएर बजारमा आएका छन्।बिगत लामो समय देखि साउदी मा कार्यरत निरौलाका आधादर्जन बडी गित नेपाली बजारमा आउने क्रममा छन्।उनि साउदी छाडेर केहि महिना अगि मात्रै जन्म ठाउँ धनकुटा आएका थिए।

नेपाल आएको समय यसै महिना मात्रै उनका २ वटा मुजिक भिडियो सार्बजनिक भएका छन्। सब्द संगीत तथा भिडियो निर्देशन का अलावा निरौला धनकुटा खबर अनलाईन का संचालक समेत हुन्। पुर्बेलाई लयमा गित लेख्ने गरका छन्।
हेर्नुस भिडियो।

अवार्ड प्राप्त गीत “माया पलायो”
अश्मिता र विशालको आवाजमा सुमन-सिम्रनको दमदार अभिनय
शर्मिला राई, धनकुटा । नेश्नल ईन्टरटेन्मेण्ट अवार्ड प्राप्त गीत “माया पलायो” सार्वजनिक गरिएको छ । लोक-पप गीत अन्तर्गत बेस्ट लिरिक्स अवार्ड हात पार्न सफल उक्त गीत धनकुटा खवरको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । “चट्ट कपाल कोरेर” वोलको गीत सार्वजनिक पछि लगत्तै “माया पलायो” वोलको गीत सार्वजनिक गरिएको हो ।

धनकुटा जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा समेत टेवा पुर्याउने लक्ष्यका साथ संसारीमाई सिमसार क्षेत्र पाख्रीवास तालतलैया, राम्चे भ्यूटावर र कृषी फर्मको विभिन्न मनमोहक रमणिय क्षेत्रको दृष्य भिडियोमा समावेश गरिएको यो गीत धनकुटा खवरको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए ।

उक्त गीत रिङब्याक टोन (CRBT & PRBT) पनि एक्टिभ गरिसकिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए । जसका लागि कोड नं:
१) माया पलायो – NTC (Crbt)-0831643, Ncell (Prbt)-4409, Smart Tel-10120992
२) रात प्यारो पुर्णीमा – NTC (Crbt)-0831644, Ncell (Prbt)-4413, Smart Tel-10120993
३) केहि भुल भएमा – CNTC (Crbt)-0831645, Ncell (Prbt)-4417, Smart Tel-10120994

सञ्चारकर्मी समेत रहेका धनकुटाको पाख्रीवासका विष्णु विक्रम निरौलाको शब्द, सम्पादन र निर्देशन रहेको उक्त गीतमा अस्मिता अधिकारी र विशाल निरौलाको आबाज रहेको छ । यम के निरौलाको संगित रहेको उक्त गीतमा विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको छ ।

कलाकार सुमन योगी र सिम्रन कार्कीको दमदार अभिनय रहेको उक्त गीतमा अन्य कलाकार नुमामफुङ लिम्वु, आस्था भुजेल, करुण लिम्वु, सुजन राई, पुष्पराज तामाङ र स्वीकृती योगीको भुमीका पनि उत्तिकै गहन रहेको छ । प्रनेश राई (यात्री ब्रोज) ले क्यामेरामा कैद गरेको उक्त भिडियोको नृत्य निर्देशन सुमन योगीले गरेका छन ।

अघिल्लो गीतलाई जस्तै यो गीतलाई पनि दर्शक र श्रोताले मनपराई माया गर्नुहुने गीत उत्पादक टिमले अपेक्षा गरेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार