• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमालेले बोलायो संसदीय दलको बैठक : नेपाल पक्षका सांसदलाई पनि सूचना पठाइयो


काठमाडौँ प्रमुख प्रतिपक्षी नेकपा एमाले ले संसदीय दलको बैठक बोलाएको छ ।दलका नेता केपी शर्मा ओलीको निर्देशनमा शुक्रबार​
दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनका अनुसार बैठकमा उपस्थित हुन वरिष्ठ नेता माधव

कुमार नेपालपक्षका सांसदलाई पनि सूचना पठाइएको छ । ‘चालू संसद् अधिवेशनमा कसरी प्रभावकारी रुपमा प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो,’ भट्टराईले भने,‘ बैठकमा १२१ सासंदलाई नै खबर गरिएको छ ।’एमाले विवाद समाधानका लागि गठित १० सदस्सीय कार्यदलले आइतबार एकताका लागि १० बुँदे सहमति गरेपनि अहिलेसम्म स्थायी र केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन । बरु आफ्नै पार्टीका २३ सांसदको निर्णायक भूमिकाले ओली सत्ताच्यूत भएका छन् ।बुधबार मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका ओलीले पार्टीमा नेपाललाई कुनै ठाउँ नभएको अभिव्यक्ति दिएका थिए । यसअर्थमा शुक्रबार बस्ने दलको बैठकलाई चासोपूर्वक हेरिएको छ । नेपालपक्ष भने बैठकमा जाने वा नजाने भन्नेबारे निर्णय गरिनसकेको एक नेताले जानकारी दिए ।

ओली पक्षले युथ फोर्स गठन गरेपछि नेपाल समूहले पनि गठन गर्‍यो अखिल फोर्स
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुर्नगठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले बिहीबार
अखिर फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववीयूले अखिल फोर्स गठन गरेको हो । नेपाल समूहका

अनेरास्ववियुका सह–अध्यक्ष वासिम आलमका अनुसार बिहीबार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो । ‘शैक्षिक माफिया र अराजकता मच्चाउनेका विरुद्ध परिचालन हुनका लागि अखिल फोर्स गठन गरेका हौं,’ आलमले भने ।ओली पक्षले युथफोर्स पुनर्गठन गरेपछि त्यसलाई कान्टर दिन आफूहरुले अखिल फोर्स गठन गरिएको नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए । उनले भने,’ओली समूहलाई ‘कान्टर’ दिन अखिल फोर्स गठन गरेका हौं । अब देशैभर संगठन निर्माण हुन्छ ।

अखिल फोर्स देशभरका क्याम्पस तथा जिल्लाहरुमा गठन गरिने उनले बताए ।यसअघि ओली पक्षको युवा संघले सोमबार मात्रै क्षितिज थेबेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन गरेको थियो ।घोषणा कार्यक्रममा नेपाल समूहका शीर्ष नेताहरुको उपस्थिती भने थिएन ।

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार