• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

चिनियाँ मोबाइल ‘प्रयोग नगर्न र फाल्न’ आह्‍वान


लिथुएनिया सरकारले आफ्ना नागरिक हरुलाई चिनियाँ कम्पनीले उत्पादन गरेको मोबाइल फोन प्रयोग नगर्न आग्रह गरेको छ। लिथुएनियाको रक्षा मन्त्रालयले सार्वजनिक
रुपमा अपील गर्दै आफूसँग भएका चिनियाँ फोन फाल्न नागरिकहरुलाई आह्वान गरेको हो।मन्त्रालयले चिनियाँ कम्पनीको नयाँ फोन नकिन्न समेत भनेको छ। चिनियाँ कम्पनीको फोनमा

सेन्सर गर्ने उपकरणहरु जडान भएको र सजिलै साइबर आक्रमण हुन सक्ने भेटिएपछि सरकारले यस्तो अपील गरेको हो।लिथुएनियाको नेशनल साइबर सेक्युरिटी सेन्टरले गरेको परीक्षणमा शिआओमी मोबाइलमा सेन्सर गर्ने उपकरण जडान भएको पाइएको हो। साथै हुवावेको मोबाइलमा सजिलै साइबर आक्रमण हुने देखिएको हो।सेन्टरले गरेको अनुसन्धानका क्रममा शिआओमीको मीआइ टेनटी फाइभजी मोबाइलमा ‘फ्रि तिब्बत’, ‘ लङ लिभ ताइवान’, ‘डेमोक्रेसी मुभमेन्ट’ लगायतका शब्दहरु पत्ता लगाउन सक्ने सेन्सर जडान गरिएको पाइएको छ। शिआओमी मोबाइल प्रयोगकर्ताको सूचना सिंगापुर पठाउने गरिएको समेत पाइएको छ।यस्तै, हुवावेको फाइभजी मोबाइलमा भएका प्राविधिक कमजोरीहरुका कारण फोनमा सजिलै साइबर आक्रमण हुन सक्ने खतरा रहेको सेन्टरले जनाएको छ। हुवावेले भने आफूले लिथुएनियाको कानुनको पुन: पालना गरेको दाबी गरेको छ। साइबर सुरक्षा र गोपनियतालाई आफूहरुलाई प्राथमिकतामा राखिएको हुवावेले जनाएको छ। शिआओमीले भने यस आरोपको बारेमा केही बताएको छैन।

अमेजनले लगायो ६०० चाइनिज ब्राण्डमाथि प्रतिबन्ध
विश्वको सबैभन्दा ठूलो इ कमर्श प्लाटर्फम अमेजनले ६ ०० वटा चिनियाँ ब्राण्डका सामानहरुमाथि प्रतिबन्ध लगाएको छ । अमेजनको नियम उल्लंघन गरेको आरोपमा ती चिनियाँ ब्राण्डमाथि कम्पनीले स्थायी प्रतिबन्ध लगाएको हो ।द भर्जमा प्रकाशित समाचार अनुसार अमेजनको रिभ्यू पोलिसी अर्थात् समीक्षा नीतिलाई तोडमोड गरेको भन्दै अमेजनले यस्तो कदम चालेको हो ।द वालस्ट्रिट जर्नलका अनुसार ती चिनियाँ ब्राण्डहरुले आफ्ना ग्राहकहरुलाई उनीहरुको सामानका बारेमा राम्रो राम्रो टिप्पणी गर्न उक्साएर त्यसको बदलामा अमेजनको गिफ्ट कार्ड उपहार दिने गरेका थिए ।

त्यसरी आफ्ना प्रडक्टमा झुटा रिभ्यू लेखाएर अन्य ग्राहकहरुलाई गुमराहमा राख्ने चिनिया ब्राण्डहरुको कार्य अक्षम्य रहेको हुनाले कारबाही गरिएको अमेजनले जनाएको छ ।
आफ्नो नीतिको उल्लंघन गर्ने जो कोहीमाथि प्रतिबन्ध लगाइने र आवश्यक परेमा कानूनी कारवाहीमा समेत जाने अमेजनले जनाएको छ ।६०० वटा चिनियाँ ब्राण्डमाथि प्रतिबन्ध लगाउने पछिल्लो कदम चीनको विरुद्धमा नभएको प्रष्ट पार्दै अमेजनले संसारभर नै आफूले यस्तो नीति लागू गरिरहेको र गलत गर्ने जो कोही ब्राण्डलाई सजायँ दिने बताएको छ ।

अमेजनको प्रतिबन्ध खेप्न पुगेका सबै ६०० वटा ब्राण्डको नाम सार्वजनिक गरिएको छैन । तीमध्ये केही चर्चित नाम चाहिं Aukey Mpow, RavPower तथा VAVA हुन् ।चिनियाँ पत्रिका साउथ चाइना मर्निङ पोस्टले प्रकाशित गरेको समाचार अनुसार अमेजनको प्रतिबन्ध पछि धेरै चिनियाँ कम्पनीहरुले अब इबे तथा अली एक्सप्रेस लगायतका अन्य इ कमर्श प्लाटर्फममा लगानी गर्नेछन् ।
एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २०७८ असोज ७ गते बिहिवार