• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ फागुन १२ गते बिहीवार, यस्तो छ आजको राशिफल


२०७८ फागुन १२ गते,बिहीवार२४ फेब्रुअरी २०२२। फाल्गुण कृष्णपक्ष अष्टमी तिथि, १३ः३९ बजेपछि नवमी। अनुराधा नक्षत्र, १२ः२६ बजेदेखि ज्येष्ठा। चन्द्रराशि– वृश्चिक।
वि.सं. फागुन १२, २०७८ । ई.सं. २४ फेब्रअरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण शिशिर । बिहीबार फाल्गुण कृष्णपक्ष । तिथि- अष्टमी,

१३:३९ बजे उप्रान्त नवमी । नक्षत्र- अनुराधा, १२:२६ बजे उप्रान्त ज्येष्ठा । योग- हर्षण, २५:५९ बजे उप्रान्त वज्र । करण- कौलव १३:३९ बजेदेखि तैतिल, २४:२९ बजे उप्रान्त भद्रा । चन्द्रराशि वृश्चिक । आनन्दादि योग आनन्द । दिनमान २८।३१ । सूर्योदय ६:३६ । सूर्यास्त १८:० । गोरखकालीपूजा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सहयोगी हातहरू पनि अघि बढ्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद नै रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आँटेको र गरेको काममा ढिलासुस्ती हुनेछ । विलासिताका सामग्रीमा खर्च पनि बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) काम गर्ने हौसला मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । प्राविधिक विषयमा रूचि जाग्नेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक सदस्यबाट सहयोग मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण रहला। साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सुखसुविधा भोग गर्न पाइनेछ र मन प्रसन्न रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र र अलङ्कार प्राप्ति हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । प्राविधिक क्षेत्रमा रूचि बढ्नेछ । सामाजिक कार्यमा रुचि रहनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो यात्राको योग रहेको छ । समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार