• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

दोहोर्याउने ओलीको इच्छा भएपनि हृदयेश त्रिपाठीले किन गरे मन्त्री पद अस्वीकार ?


प्रधानमन्त्री केपी शर्मा ओलीको पुनर्गठित मन्त्रिमण्डलमा सहभागी हुन हृदयेश त्रिपाठीले अस्वीकार गरेका छन् । उनले आफूभन्दा जुनियर हरू लाई उपप्रधान मन्त्री बनाएको भन्दै मन्त्री पद अस्वीकार गरेका हुन् । त्रिपाठी यसअघि स्वास्थ्यमन्त्री रहेका थिए । उन लाई मन्त्रीमा

दोहोर्याउने ओलीको इच्छा भएपनि उपप्रधानमन्त्रीमा राजनीतिक रुपमा आफूभन्दा जुनियर राजेन्द्र महतो, रघुवीर महासेठ र विष्णु पौडेललाई वरियता क्रममा माथि राखिएकाले आफुले मन्त्री पद अस्वीकार गरेको बताए । ‘जुनियरहरू वरियताक्रममा माथि हुने भएपछि एक थान मन्त्री हुनलाई बसिराख्न मैले औचित्य ठानिनँ,’ त्रिपाठीले रातोपाटीलाई बताए । उनले पुनर्गठित मन्त्रिपरिषदलाई हार्दिक शुभकामना रहेको बताए । ‘पुनर्गठित मन्त्रिपरिषदलाई मेरो हार्दिक शुभकामना । उत्तरोत्तर प्रगतिको कामना गर्दछु’, त्रिपाठीले शुभकामना दिए । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका १० सहित एमालेका नयाँ २ जनालाई मन्त्रिमण्डलमा समावेश गरेका थिए ।

प्रदेश-२ मा सत्ता सहकार्य गर्न निधिसँग उपेन्द्र यादवको प्रस्ताव
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रदेश-२ मा सत्ता सहकार्य गर्न नेपाली कांग्रेससँग प्रस्ताव गरेका छन् । शुक्रबार बिहान कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई भेटेर यादवले सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् ।

यादवसँग सत्ता सहकार्यबारे छलफल भएको निधिका प्रेस सहयोगी रामजी दाहालले पुष्टि गरे। ‘राष्ट्रिय राजनीतिमा पनि सहकार्य भइरहेकाले प्रदेश–२ को सरकारबारे के गर्ने भन्ने छलफल भएको हो’, दाहालले भने । सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन यादवतर्फका १२ सांसदले हस्ताक्षर गरेका छन् ।प्रदेश–२ मा जसपाको यादव निकट लालबाबु राउत मुख्यमन्त्री छन् । तर अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेपछि जसपा विभाजन नजिक पुगेको छ । यसको असर प्रदेश–२ को सरकारमा पर्ने भएपछि यादवले कांग्रेसको समर्थन खोजेको हो ।

यादवको प्रस्तावलाई उपसभापति निधिले सकारात्मक रुपमा लिने र थप छलफल गर्न तयार रहेको बताएका छन् । स्रोतका अनुसार शुक्रबारको भेटमा निधिसँग यादवले प्रदेश–२ को सरकारमा तत्काल सहभागी हुन प्रस्ताव गरेका थिए ।तर तीन वर्ष जसपाले नेतृत्व गरिसकेकाले बाँकी कार्यकाल कांग्रेसलाई दिन निधिले प्रस्ताव गरे । यादव जनकपुर जाने समय तय भएकाले छलफल निष्कर्षमा भने पुगेन । तर निधि र यादवबीच फेरि पनि थप छलफल हुने भएको छ ।

प्रदेश २ को प्रदेशसभामा कुल १०७ सांसद रहेकोमा नेकपा माओवादी केन्द्रले ४ जनालाई निष्कासन गरेको र पछि एक जना मनोनित गरेपछि अहिले सांसदको संख्या १०४ छ । सत्तारुढ जसपासँग ५५ सांसद छ, जसमा ३० तत्कालीन समाजवादी र २५ जना तत्कालीन राजपा पक्षका हुन् ।यसैगरी नेकपा एमालेको कुल २१ सांसद छन् भने नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन् ।
प्रदेश २ मा सरकार निर्माणका लागि ५३ सांसद आवश्यक पर्छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २१ गते शुक्रवार